२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

आधुनिक यन्त्रबाट रोपाइँ गर्दै  कृषिमन्त्री महेन्द्र राय यादव

बुधवार , आषाढ १५, २०७९

काठमाडौं, १५ असार । कृषि तथा पशुपंक्षी विकास मन्त्री  महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् ।

राष्ट्रिय धान दिवसको अवसरमा बुधबार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९ कार्यक्रममा  मन्त्री यादवले मेसिन चलाएर धान रोपेका हुन् ।

सो क्रममा मन्त्रालय, अनुसन्धान केन्द्रकासहित पदाधिकारीहरू सहभागी थिए ।

१५ असारमा राष्ट्रिय धान दिवस मनाउने गरिएको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण बनाउनुपर्ने जोड दिँदै आएका बेला मन्त्री यादवले मेसिनबाट धान रोपेका हुन् ।

290153217_566228891800552_731393400719358070_n.jpg

न्युज कारखाना  ।