images

बिहिवार, बैशाख ६ गते २०८१

किसानका समस्या सम्बोधनका लागि माग गर्दै संगठनले बुझायो ज्ञापनपत्र

किसानका समस्या सम्बोधनका लागि माग गर्दै संगठनले बुझायो ज्ञापनपत्र

images
images
images
बिहिवार, आषाढ ९ २०७९
बिहिवार, आषाढ ९ २०७९
  • किसानका समस्या सम्बोधनका लागि माग गर्दै संगठनले बुझायो ज्ञापनपत्र

    भैरहवा, ९ असार ।
    उद्योग व्यापार संगठन, रुपन्देही र संगठन अन्तर्गत कृषि उपसमितिले किसानहरुका समस्या सम्बोधन गर्न १२ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय रुपन्देही, सिद्धार्थनगर नगरपालिका र कृषि ज्ञान रुपन्देहीमा ज्ञापनपत्र बुझाइएको संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । 

    images
    images
    images

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान र कृषि ज्ञान केन्द्र रुपन्देहीका प्रमुख सन्देश धिताललाई ज्ञापनपत्र बुझाइएको ज्ञवालीले जानकारी दिए ।

    289333922_370361261748439_3915206156854607928_n.jpg

    रासायनिक मल यथाशिघ्र छिटो उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने, नसकेको अवस्थामा किसानहरुलाई भारतीय बजारबाट सहजतापूर्वक नेपालमा मल ल्याउन दिनुपर्ने, वास्तविक किसानको पहिचान गरी किसान कार्ड उपलब्ध गराउनुपर्ने र अनुदान दिनुपर्ने, किसानहरुको आवश्यकताअनुसार बिउ, मल, औषधी र प्रविधि, उपकरण सहुलियत दरमा उपलब्ध गराउनुपर्ने, सिंचाईको लागि आवश्यक पम्पसेट वा विद्युतबाट चल्ने सवमर्सिवल मोटर तथा अन्य विद्युतीय औजारहरु उपलब्ध गराउनको लागि विद्युतमा विशेष छुट दिनुपर्ने तथा भन्सार गरेर मल खरिद गरी ल्याउने व्यवस्था गर्नुपर्ने ज्ञापनपत्रमार्फत माग गरिएको कृषि उपसमितिका संयोजक राम प्रसाद भण्डारीले बताए ।

    त्यस्तै बिउ, मल, औषधी र सिंचाईमा किसान कार्डको आधारमा नगद नलिई जिन्साीमा नै अनुदान दिनुपर्ने, कृषि मजदूरहरुको ज्याला निर्धारण गर्नुपर्ने, किसानद्वारा उत्पादित वस्तुको मूल्य निर्धारण र बजारीकरणको व्यवस्था गर्नुपर्ने, उत्पादित वस्तुको लागतमा अनुदान दिने व्यवस्था गर्नुपर्ने, बेमौसमी तरकारी वा फलफूल उत्पादनको लागि आवश्यक व्यवस्था गर्नुपर्ने, किसानलाई आवश्यकता अनुसार समयसमयमा तालिम दिनुपर्ने, अनुदान लिएका किसान वास्तविक किसान हो कि होइन भनेर कृषि अनुगमनलाई निरन्तरता दिनुपर्ने, कुन कुन ठाउँमा कुन कुन खेती, तरकारी, फलफूल उत्पादन गर्न सकिन्छ भनेर विज्ञहरुबाट समयसमयमा किसानहरुलाई सल्लाह सुझाव दिनुपर्ने माग रहेको भण्डारीले बताए । संगठन अन्तर्गत कृषि उपसमितिमा करिब ५ सय कृषकहरुको आबद्धता रहेको छ ।

    288940257_5430770596954954_1074796513076487249_n.jpg

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij