images
images

आइतवार, जेठ ६ गते २०८१

लियो सिद्धार्थनगर युथमा विकास

लियो सिद्धार्थनगर युथमा विकास

images
images
images
शनिवार, श्रावण १० २०७७
शनिवार, श्रावण १० २०७७
  • लियो सिद्धार्थनगर युथमा विकास

    भैरहवा, १० साउन ।
    सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लियो क्लब अफ सिद्धार्थनगर युथमा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । भैरहवामा सम्पन्न कार्यक्रममा वर्ष २०१९/२० का अध्यक्ष विनय कुमार मिश्राले वर्ष २०२०/२१ का अध्यक्ष विकास यादवलाई पद हस्तान्तरण गरे ।

    त्यस्तै वर्ष २०१९/२० का सचिव अनुराग पाण्डे र कोषाध्यक्ष दिनेश चौधरीले वर्ष २०२०/२१ का सचिव हीना तिवारी र कोषाध्यक्ष कृपा श्रेष्ठलाई पद हस्तान्तरण गरे ।

    images
    images
    images

    त्यस्तै क्लबको वर्ष २०२०/२१ को प्रथम उपाध्यक्षमा सुनिल धवल, द्वितीय उपाध्यक्षमा अनुराग पाण्डे, तृतीय उपाध्यक्षमा दिनेश चौधरी, सह–सचिवमा फुलचन्द्र लोध, सह–कोषाध्यक्षमा शिव कुमार मौर्य, जनसम्पर्क अधिकारी (पिआरओ)मा मोहम्मद अयुब, टेल ट्वीष्टरमा सेजल मल्लिक, टेमरमा मदन कुमार कान्दु वनिया र मार्केटिङ एण्ड कम्युनिकेशन चेयरपर्सनमा राजु गौतम रहेका छन् ।

    त्यस्तै क्लबको निर्देशकमा अनिल यादव, सागर यादव, पवन कुमार मिश्रा, सुरज कुमार कान्दु र धनपति मल्लाह रहेका छन् ।

    क्लबको सदस्यमा सइमा खान, गीता सारु, सुरेन्द्र धरिकार (प्रिन्स), नविन केसरी, दिपक गुप्ता, प्रशान्त कुमार गुप्ता, मुकेश यादव, विनिता सिंह, दिपेश धरिकार, अखिलेश गुप्ता, अनुरागनाथ शुक्ला, सुरेश पाण्डे, सुमित यादव, मोहन लोध र सुरेश पाण्डे रहेका छन् ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश नम्बर ५ का प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीको बेला लायन्स, लियो, रोटरी, जेसीज लगायतका संघ–संस्थाले विभिन्न रचनात्मक कार्य गरेको बताए । उनले २०२० मा कोरोना महामारीको सामना गर्न सके र मुलुकलाई कारोनामुक्त बनाउन सके त्यहीमा नै जीत हासिल गर्न सकिने बताए । उनले सामाजिक क्षेत्रमा क्रियाशिल संघ–संस्थाले कुनै फरक कार्य गर्नु भन्दा त्यही कुनै पनि कार्य फरक ढंगले गर्नुपर्नेमा जोड दिए ।

    लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टु का अन्तर्गत एरिया–४ का कोचिफ धिरज मल्लिकले क्लबलाई आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथका संस्थापक अध्यक्ष सुधा कुंवरले लियो क्लब अफ सिद्धार्थनगर युथले विभिन्न रचनात्मक कार्यहरु गर्दै आएको बताइन् ।

    लायन्स क्लब अफ सिद्धार्थनगर युथका संस्थापक अध्यक्ष गौतम कुमार गुप्ताले पकेट खर्चको रकमबाट समेत लियो क्लबले सामाजिक कार्यहरु गर्दै आएको बताए ।
    समाजसेवी अर्जुन प्रसाद जयसवालले लियो क्लबले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको चर्चा गर्दै अब युवाहरुलाई राजनीतिमा पनि आउन आग्रह गरे ।

    समाजसेवी अजय कुमार गुप्ताले जहाँ इच्छा त्यहाँ उपाय भनेझै समाजसेवा गर्न उमेरले नछेक्ने बताए ।

    उद्योग व्यापार संंगठन रुपन्देहीका वरिष्ठ उपाध्यक्ष ग्रिसचन्द्र त्रिपाठीले युवावर्ग परिवर्तनका संवाहक भएको बताए ।

    लियो जिल्ला परिषद ३२५ बी टु का निवर्तमान अध्यक्ष सरोज कंडेलले स्थापना कालदेखि नै विभिन्न रचनात्मक कार्य गरेर लियो क्लब अफ सिद्धार्थनगर युथले डिष्ट्रिकमा राम्रो पहिचान बनाएको बताए ।

    लियो क्लब अफ सिद्धार्थनगर युथका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायले वर्ष २०१९/२०२० का अध्यक्ष मिश्राको कार्यकालमा थुप्रै रचनात्मक कार्यहरु भएको र वर्ष २०२०/२१ का अध्यक्ष यादवको कार्यकालमा पनि त्यसलाई निरन्तरता दिन आग्रह गरे ।

    कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष विनय कुमार मिश्राले वर्ष २०१९/२० मा गरेको कार्यक्रमहरु र वर्ष २०२०/२१ का अध्यक्ष विकास यादवले आफ्नो कार्यकालमा गर्ने कार्यक्रमहरुका बारेमा जानकारी गराएका थिए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij