images

शुक्रवार, चैत्र १६ गते २०८०

यथाशिघ्र कृषकहरुलाई मल उपलव्ध गराउन सरकारलाई सभमुखको निर्देशन 

यथाशिघ्र कृषकहरुलाई मल उपलव्ध गराउन सरकारलाई सभमुखको निर्देशन 

images
images
images
आइतवार, जेठ २९ २०७९
आइतवार, जेठ २९ २०७९
  • यथाशिघ्र कृषकहरुलाई मल उपलव्ध गराउन सरकारलाई सभमुखको निर्देशन 

    काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले यथाशिघ्र कृषकहरुलाई मल उपलव्ध गराउन सरकारलाई निर्देशन दिएका छन् ।

    images
    images
    images

    प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख सापकोटाले खेतीपातीका समयमा यथाशिघ्र कृषकहरुलाई मल उपलब्ध हुनसक्नेगरी व्यवस्थापन गर्न, सम्बन्धित मन्त्री एवं नेपाल सरकारलाई निर्देशन दिएका हुन् । खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा आफ्नो ध्यानाकर्षण भएको उनले बताए ।

    त्सअघि बैठकको शुन्य समयमा बोल्ने सांसदहरुले खेतिको समयमा पनि मलको अभाव भएको भन्दै मलको व्यवस्थापन गराउन ध्यानाकर्षण गरेका थिए । सांसद लक्ष्मी परियारले नीति तथा कार्यक्रममा किसान केन्द्रीत निकै राम्रा कार्यक्रम आएपनि मल नपाउनु दुखद भएको बताए । त्यस्तै सांसद बिनादेवी बुढाथोकीले मल समस्या समाधानका लागि सरकारले कुनै पहल नगरेको बताए ।

    त्यस्तै अन्य सांसदहरुले हरेक बर्ष हुने मल अभावको समस्या दिर्घकालिन रुपमा नै समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij