images
images

आइतवार, जेठ ६ गते २०८१

डीएपी मलको विकल्प आरपीएम मल बजारमा 

डीएपी मलको विकल्प आरपीएम मल बजारमा 

images
images
images
आइतवार, जेठ १५ २०७९
आइतवार, जेठ १५ २०७९
  • डीएपी मलको विकल्प आरपीएम मल बजारमा 

    भैरहवा, १५ जेठ ।
    ग्रीन भमि एग्रो नेपाल प्रा.लि.ले नेपालमा पहिलोपटक डीएपी मलको विकल्प आर पीएम मल बजारमा ल्याएको छ । इजरायलको टेक्नोलोजी प्रयोग गरी सो मल वीरगंजमा उत्पादन गरिएको हो । माटोको उर्वराशक्ति राम्रो बनाउने यो मल भैरहवामा पनि आइसकेको कम्पनीका अध्यक्ष दीपक अग्रवालले बताए । भैरहवामा मनकामना विउविजन टेडर्स बर्मेलीटोलमा उपलब्ध हुने अग्रवालले जानकारी दिए ।

    images
    images
    images

    नेपाल सरकारको मान्यता प्राप्त पाइसकेको मल विभिन्न ठाउँका किसानले प्रयोग गरिसकेका छन् । खेतीपातीको समयमा मलको अभाव झेलिरहेका कृषकका लागि डीएपी मलको भरपर्दो विकल्प रहेको कम्पनीका सेल्स म्यानेजर बलराम गिरीले बताए । प्रागांरिक सरहको यो मल रासायनिक भएको पनि उनले बताए ।

    आरपीएम मलको बजारीकरणको क्रममा सरोकारवालासंग भैरहवामा भएको अन्तरक्रिया कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो । 

    सुरिलो कृषि सहकारी संस्था लिमिटेड सिद्धार्थनगरका अध्यक्ष गणेश प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले मलको अभावलाई यसले राहत दिने बताए । उनले पहिले प्रयोग गरेर भरपर्दो भएमा यस क्षेत्रमा लागू गरिने बताए ।

    कार्यक्रममा कृषि ज्ञान केन्द्र रुपन्देहीका अधिकृत विनोद श्रीवास्तव, मानदेव चौधरी, लुम्बिनी सिड्स कम्पनीका अध्यक्ष सुभाषराज उपाध्याय, मनकामना विउविजन टे«डर्स भैरहवाका प्रोप्राइटर धर्मराज अधिकारी लगायतले बोलेका थिए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij