बिहिवार , कार्तिक २७, २०७७
भैरहवा,२७ कार्तिक ।
जापान गोजूरियो कराँते डो मिसन संघ, नेपाल रुपन्देहीको चौथो अधिवेशन भैरहवामा सप्पन्न भएको छ।
अधिवेशनले उमेश थापा लाटो मगरको अध्यक्षतामा १३ सदस्यीय समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा ज्ञान प्रसाद चौधरी, सचिवमा सन्तु दंगोरिया थारु, कोषाध्यक्ष गोपाल थापा र सदस्यहरु दिलमाया कोइराला, राजकुमार हरिजन ,झबिलाल थापा, रामु बस्नेत, भगवती भण्डारी, विमल गुरुङ, चन्द्र बहादुर सुनार र हरी पुरी रहेका छन् । त्यस्तै सल्लाहकार समितिमा अनुप श्रेष्ठ, धिरज पुन र खेमराज गुरुङलाई चयन गरिएको छ ।
अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रवीण पोखरेलले खेलकुद भनेको राष्ट्रको मेरुदण्ड रहेको बताए ।
विशिष्ट अतिथि संघका प्रमुख सल्लाहकार भरत बहादुर केसी, संघका केन्द्रिय अध्यक्ष तथा प्रमुख प्रशिक्षक खडक बहादुर राना काजी, अतिथि अधिवक्ता राम बहादुर बस्नेत, हृदय लेकाली, खुकुरी क्लब बेलहियाका अध्यक्ष राम बहादुर बस्नेत, भगवती भण्डारी, अनिल थापा मगर, प्रमुख प्रशिक्षक तथा संघका केन्द्रिय अध्यक्ष के.बी. राना काजी लगायतले बोलेका थिए ।
सन्तु दंगोरिया थारुको स्वागत तथा गिरी प्रसाद पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij