
शनिवार , कार्तिक २२, २०७७
भैरहवा, २२ कार्तिक ।
महिला हिंसा र बलात्कारका घटनाविरुद्ध शनिबार भैरहवामा किशोरीहरुले प्रदर्शन गरेका छन् । किशोरीहरुले कालो पोशाक, कालो मास्क, कालो पट्टी, ब्यानर र प्लेकार्डसहित शनिबार दिउँसो ३ बजे भैरहवास्थित देवकोटा चोकमा प्रदर्शन गरेका हुन् । अझै कति सहने ? स्वतन्त्र अभियानद्वारा आयोजित प्रदर्शनमा किशोरहरुको पनि सहभागिता रहेको थियो ।
प्रदर्शनमा सहभागिहरुले अब तिमीले नै भनिदेउ भोलिको दिनमा म कसको सिकार बन्नुपर्ने हो सरकार, मलाई न्याय दे सरकार चुटकिला र मिठा गफ होइन, सरकार अब न्यायको ढोका खोलिदेउ कति निर्दय भएर बस्छौ ?, हामी चुप कहिलेसम्म ?, अब बलात्कारीलाई नबचाउ तिम्रो छोरीले मैनबत्ती जलाउँदै छिन्, घरभित्रै पनि होसियार लगायत नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
एकैचोटी ‘फ्ल्यास मब’ गर्दै महिला हिंसा र बलात्कारविरुद्ध आवाज उठाइएको अभियानकी रुपन्देही संयोजक धन कुमारी चौधरीले बताइन् । ‘पछिल्लो समय बलात्कार तथा महिला हिंसाका घटना बढ्दै गएकोले यसविरुद्ध प्रदर्शनमा उत्रिएका हौं, महिला वा बालिकालाई जवर्जस्तीकरणी गरेको मानिनेछ भनिएकोमा महिला भन्ने शब्द हटाई व्यक्ति राखिनुपर्ने र बालिका भन्ने शब्द हटाई बाल–बालिका राख्नुपर्छ, उनले भनिन् ।
जबर्जस्ती करणी अन्तर्गतको कसूरमा पीडित १८ वर्ष भन्दा माथिको भए जन्मकैद तथा पीडित १८ वर्ष मुनीको भए मुलुकी अपराध संहिता, २०७४ का दफा ४१ बमोजिम आजीवन कारावास हुनुपर्ने चौधरीले बताइन् । प्रदर्शनमा ४० जना बढीको सहभागिता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij