
शनिवार , कार्तिक २२, २०७७
अर्घाखाँची, २२ कार्तिक ।
संयुक्त दलित अधिकारकर्मी संजाल अर्घाखाँचीेद्वारा लुम्बिनी प्रदेशका ट्राफिक प्रमुख (एसपी) डम्बर विश्वकर्मालाई सन्धिखर्कमा स्वागत तथा सम्मान गरिएको छ ।
कार्यक्रम बोल्दै विश्वकर्माले आफू लुम्बिनी प्रदेशको ट्राफिक प्रमुख भएपछि कोरोनाको जोखिम लगायतकाका कारण अर्घाखाँची आउन नपाएको र जिल्लाको पछिल्लो ट्राफिक अवस्था फोनबाट जानकारी लिने गरेको बताए । उनले पछिल्लो जानकारीबारे थप अनुगमन तथा स्थलगत अवस्था बुझ्न आएको समयमा आफुलाई सम्मान तथा स्वागत गरेकोमा खुशी व्यक्त गरे ।
त्यस्तै अर्घाखाँची प्रहरी प्रमुख माधब बुढाथोकीले अर्घाखाँचीमा जिल्लामा भएका हरेक किसिमका अनैतिक क्रियाकलाप अन्त्य गर्ने बताए । त्यस्ता किसिमका अनैतिक कार्य गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याउने उनले बताए ।
संयुक्त दलित अधिकारकर्मी संजाल अर्घाखाँचीका संयोजक विष्णु परियारको अध्यक्षता, संजालका सदस्य सचिव दिनेश सुनारको सञ्चालन र सन्जालका सदस्य राजेन्द्र नेपालीको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij