२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

रेयूकाई द्धारा खाद्यान्न र कम्मल वितरण 

शनिवार , कार्तिक २२, २०७७

भैरहवा, २२ कार्तिक । 
यूराशिया रेयुकाई १७ औं शाखा भैरहवाले लुम्बिनीरोडस्थित सिद्धार्थ बालगृहमा खाद्यान्न वितरण गरेको छ । बालगृहका बालबालिकालाई १ महिना पुग्ने गरी खाद्यान्न वितरण गरेको हो ।

शाखाले चामल २ क्वीन्टल, दाल २० किलो, तेल १० लिटर, नुन ५ किलो, सोयाबीन २१ प्याकेट वितरण गरेको शाखाका निर्देशक एवं कार्यक्रम संयोजक तिल कुमारी गुरुङले बताइन् । सो सामाग्री एक कार्यक्रममाबीच बालगृहका सञ्चालक कृष्णमाया गुरुङलाई हस्तान्तरण गरिएको थियो । 

त्यसै गरी शाखाले श्री सत्यसाई वृद्धाश्रम ओमसतिया–४ बालापुरका १५ जना आमाबुवा र ३ जना सेवा सहयोगी गरी १८ जनालाई १८ थानलाई कम्बल वितरण गरेको छ । जाडो मौसमलाई मध्यनजर गरी सो सामाग्री वितरण गरिएको संयोजक गुरुङले बताइन् । आश्रमका प्रमुख माया खरेललाई सो सामग्री हस्तान्तरण गरिएको थियो ।

प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत काठमाडौ निवासी नारायणदास मानन्धर र विमला मानन्धरले सहयोग गरेका थिए । 

प्रेम बहादुर लामगादेको अध्यक्षतामा भएको कार्यक्रममा विशेष सहयोगी प्राइम बैक भैरहवा शाखाका प्रबन्धक शिव बस्नेत, शाखाका १५ जना लिडर्सहरुको उपस्थिति रहेको थियो । शाखाका प्रशासन प्रमुख रुपमा हिराचनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । शाखाले यस अघि पनि विपन्न नागरिकलाई र आश्रममा राहत वितरण गरेको थियो ।