आइतवार , बैशाख ४, २०७९
बुटवल, ४ वैशाख ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश समन्वय कमिटीले अन्तर्राष्ट्रिय किसान संघर्ष दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
अन्तरक्रियाबाट महासंघले ४० बुँदे घोषणापत्र जारी गरेको छ । महासंघले जारी गरेको घोषणापत्रमा अबको स्थानीय तहको निर्वाचनमा किसानका हकहितको ग्यारेण्टी गर्न माग गरिएको छ । त्यस्तै सबै स्थानीय सरकार किसानमैत्री हुनुपर्नेमा पनि महासंघले जोड दिएको छ ।
अन्तरक्रियामा बोल्ने वक्ताहरुले आफ्नो हकअधिकारको रक्षाका लागि सबै किसानहरु एकताबद्ध हुनुपर्नेमा जोड दिंदै किसानमुखी नीति तथा कार्यक्रम ल्याउन र कृषि उत्पादनमा विशेष भूमिका खेल्न तीनै तहका सरकारसँग माग गरेका थिए ।
कार्यक्रममा महासंघका स्थायी समिति सदस्य कविराम अर्याल, केन्द्रीय सदस्य महेन्द्र गिरी, पुरन गुरुङ, लक्ष्मण भण्डारी, एमाले केन्द्रीय सल्लाहकार बुद्धिसागर भट्टराई, किसान महासंघका प्रदेश सदस्य चोलाकान्त भट्टराई, रुपन्देही जिल्ला अध्यक्ष कृष्ण पन्थी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij