images

बिहिवार, बैशाख २७ गते २०८१

एमालेको सामाजिक सेवा केन्द्रको घोषणा

एमालेको सामाजिक सेवा केन्द्रको घोषणा

images
images
images
सोमवार, चैत्र २१ २०७८
सोमवार, चैत्र २१ २०७८
  • एमालेको सामाजिक सेवा केन्द्रको घोषणा

    काठमाडौं, २१ चैत ।
    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सञ्चालनार्थ सामाजिक सेवा केन्द्रको घोषणा गरेका छन् । कोही पनि नागरिक खान नपाएर भोकै बस्नु नपरोस् र उपचार गर्न नपाएर मर्न नपरोस् भन्ने मानवीय भावनाका साथ आज सुरु गरिएको केन्द्रले सामाजिक क्षेत्रमा सहयोग गर्नेछ । 

    images
    images
    images

    अध्यक्ष ओलीले केन्द्रको घोषणा गर्दै सर्वे भवन्तु सुखिनःको पवित्र भावनाका साथ सामाजिक कार्यमा लाग्न पार्टीका सबै सदस्य र सहयोगीमा आग्रह गर्दै समस्यामा परेका व्यक्तिले एमालेलाई सम्झनुपर्ने बताए ।

    एमालेको उद्योग व्यवसाय विभागका प्रमुख मोतीलाल दुगडले टोलटोलमा निःशुल्क भोजन, स्वास्थ्य शिविर, अपराधपूर्ण क्रियाकलापबाट पीडितको उद्धारलगायतका क्षेत्रमा निरन्तर सेवा गर्ने बताए । सो कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायत शीर्ष नेता र समाजका विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता थियो । रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij