२०८२, पौष २८ गते

Jan 12 2026 | २०८२, पौष २८ गते

नेविसंघ प्यूठान रुपन्देही सम्पर्क समितिको आठौं अधिवेशन सम्पन्न

आइतवार , चैत्र २०, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • बुटवल, २० चैत ।
    नेपाल विद्यार्थी संघ प्युठान रुपन्देही सम्पर्क समितिको आठौं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिबार बुटवलस्थित बुटवल बहुमुखी क्याम्पसमा भएको अधिवेशनले सभापतिमा माधव केसीलाई सर्वसम्मत चयन गरेको छ ।

    समितिको उपसभापतिमा लक्ष्मण भुसाल, गणेश खनाल, प्रविन जिसी, महेश जिसी, प्रकाश पौडेल र तुलसा बस्नेत रहेका छन् । त्यस्तै सचिवमा घनश्याम सुवेदी र कविता रमण पुरी रहेका छन् । त्यसै गरी सह–सचिवमा सचिनराज विश्वकर्मा, अशोक केसी, गोविन्द रोका, सन्दीप शर्मा, हिमान ढकाल, विनिता जिसी र बामदेव सुवेदी रहेका छन् भने कोषाध्यक्षमा ऋषि सुवेदी रहेका छन् । सदस्यहरुमा वसन्त केसी, उज्ज्वल जिसी, दिपेन्द्र विष्ट, कल्पना केसी, समुन्द्र ढकाल र दिनेश महत रहेका छन् ।

    277600980_512328933930526_4251383142689083153_n.jpg

    सम्पर्क समितिका वर्तमान सभापति ओमस थापाको अध्यक्षता, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रकाश रानाको प्रमुख आतिथ्यता, कांग्रेस प्युठान जिल्ला कार्यसमिति सदस्य प्रतिभा पौड्याल, कांग्रेस प्युठान रुपन्देहीका सभापति महेश पोख्रेल, उपसभापति जगत जि.सी., विद्यार्थी सम्पर्क समितिका संस्थापक सभापति बालाराम पोख्रेल, निवर्तमान सभापति विष्णु खनाल, बुटवल नगर सचिव गणेश घिमिरे, नेपाल तरुण दल प्यूठानका सदस्य निराजन थापा, कृष्ण खनाल, गुल्मी रुपन्देही सम्पर्क समितिका सभापति विष्णु घिमिरे, बुटवलका विद्यार्थीहरुको संरक्षक विकास थापा लगायतको उपस्थिति रहेको थियो ।