images

शनिवार, बैशाख २२ गते २०८१

गृहमन्त्रीको पहलमा सियारीमा स्वास्थ्य शिविर 

गृहमन्त्रीको पहलमा सियारीमा स्वास्थ्य शिविर 

images
images
images
शनिवार, चैत्र १२ २०७८
शनिवार, चैत्र १२ २०७८
  • गृहमन्त्रीको पहलमा सियारीमा स्वास्थ्य शिविर 

    भैरहवा, १२ चैत ।
    गृहमन्त्री बालकृष्ण खाँणको पहलमा रुपन्देहीको सियारी गाउँपालिका–२ मैनहिया स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सुुरु भएको छ । स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुुन नपरोस् भन्ने हेतुुले शिविरको आयोजना गरिएको हो । 

    images
    images
    images

    दुुईदिने शिविरको शनिबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश सरकारका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गरेका थिए । शनिबार र आइतबार चल्ने शिविर सशस्त्र प्रहरी अस्पताल काठमाडौ र सियारी गाउँपालिकाको सहयोगमा हुन लागेको हो । 

    शिविरमा सशस्त्र प्रहरी अस्पतालका विशेषज्ञ डाक्टरहरू र स्थानीय तहका स्वास्थ्यकर्मीहरूको संयुक्त टोलीले नागरिकको स्वास्थ्य उपचार र निःशुल्क औषधि वितरण कार्यक्रम समेत रहेको गृहमन्त्री खाँणका स्वकीय सचिव वृजेश न्यौपानेले जानकारी दिए । शिविरमा शनिबार बिहानैदेखि स्वास्थ्य परिक्षण गराउन स्थानीयको भिड लागेको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij