२०८३, बैशाख २२ गते

May 05 2026 | २०८३, बैशाख २२ गते

सिद्धार्थनगर–१३ मा एमालेको टोल कमिटी गठन

शनिवार , चैत्र १२, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा, १२ चैत ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ मा टोल कमिटी गठन गरेको छ । शुक्रबार सुर्य पथ, मगर टोल, ज्योति पथ, सृजना पथ, शान्तिनगरमा पृथ्वी बहादुर मगरकोको अध्यक्षतामा २५  सदस्यीय टोल कमिटी गठन गरिएको एमाले वडा उपसचिव सविता रसालीले जानकारी दिइन् ।

    टोल कमिटी गठन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एमाले रुपन्देही जिल्ला कमिटी रुपन्देहीका सदस्य तथा सिद्धार्थनगर सह–इञ्चार्ज उमा अधिकारीले पार्टीका गतिविधिलाई प्रचार गर्दै एमालेले जनताको पक्षमा गरेका कामहरु जनतामा लैजान आग्रह गरिन् । उनले भनिन्, ‘एमालेलाई पहिलो पार्टी बनाउनुपर्छ ।’

    विशिष्ट अतिथि एमाले जिल्ला कमिटी सदस्य तथा सिद्धार्थनगर सह–इञ्चार्ज डिजाइन एमालेलाई बहुमतका साथ स्थानीय निर्वाचनमा विजयी गराउन जनता आतुर रहेको बताए ।

    त्यस्तै एमाले सिद्धार्थनगररका सचिव नारायण प्रसाद भण्डारी, उपसचिव कुमार गुरुङ, वडा इञ्चार्ज केदारमान राज भण्डारी, सह–इञ्चार्ज सतिस मर्सानी, सदस्य अर्जुन गौतम लगायतले मन्तव्य राखेका थिए ।

    एमाले सिद्धार्थनगर वडा नम्बर १३ का अध्यक्ष भिम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर कमिटी सदस्य लक्ष्मी जानन्धर, अखिल नेपाल महिला संघ रुपन्देही जिल्ला सदस्य शिब श्रेष्ठ, राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगर कमिटी सह–सचिव मनिष पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
    द्यजष्m द्यजबलमबचष्