२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

काँग्रेस केन्द्रिय समिति बैठक आगामी २१ गते बस्ने

बिहिवार , कार्तिक १३, २०७७

काठमाडौं, १३ कार्तिक । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक कार्तिक २१ गते बस्ने भएको छ । बैठक २१ गते शुक्रबार अपराह्न पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा बस्ने भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले बताएका छन् । मुख्य सचिव पौडेलले आज एक विज्ञप्ती जारी गर्दै पार्टीको बैठकका बारेमा जानकारी गराएका छन् । 

पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारीका सन्दर्भमा हुने काँग्रेसको केकास बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुन पार्टीले अनुरोध गरेको पौडेलले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । 

दशैँ अगाडि बस्ने भनिएको काँग्रेसको बैठक कोरोना भाइरसको महामारीका कारण देखाउदै तत्कालकाच लागि स्थगित भएको थियो । 

बैठक तयारीका लागि केन्द्रीय समितिका सदस्यहरुको पीसीआर परिक्षण गर्दा केही केन्द्रीय सदस्यहरुलाई संक्रमण देखिएपछि बैठक स्थगित भएको मुख्य सचिव पौडेलले बताए । 

NC_Meeting-notice-1187x1536.jpg