२०८३, आश्विन १० गते

Sep 26 2026 | २०८३, आश्विन १० गते

समस्या समाधान गर्ने पार्टी एमाले नै हो : केपी ओली

आइतवार , फाल्गुण २९, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • वीरगञ्ज, २९ फागुन ।
    नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताका वास्तविक समस्या समाधान गर्ने पार्टी एमाले भएको दावी गरेका छन् । पर्साको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीलाई एमाले प्रवेश गराउने कार्यक्रममा उनले देश बनाउने जिम्मेवार पार्टी एमाले भएको दावी गरे ।

    जनताका दुःखकष्ट सम्बोधन गर्ने र उनीहरूका समस्या समाधान गर्ने  पार्टी एमाले भएको बताउँदै अध्यक्ष ओलीले भने, “जनताका समस्या दीर्घकालीन रुपमा समाधान गर्ने पार्टी एमाले हो ।” वर्तमान अवस्थामा एमाले प्रतिपक्षमा भए पनि एमालेमाथि सबैको विश्वास रहेको बताउँदै उनले आगामी निर्वाचनबाट एमाले पहिलो पार्टी बनेर अगाडि आउने ओलीले दावी गरे । 

    नगरप्रमुख सरावगी जनता समाजवादी पार्टी (तत्कालीन संघीय समाजवादी फोरम नेपाल) बाट निर्वाचित भएका थिए । व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका सरावगीले यस अगावै  जसपाभित्रका केही नेता र कार्यकर्ताले आफूलाई अप्ठ्यारोमा पारेको भन्दै पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको जानकारी दिए । रासस