२०८३, बैशाख २२ गते

May 05 2026 | २०८३, बैशाख २२ गते

राप्रपा लुम्बिनी नगर कार्यसमितिको कार्यालय उद्घाटन

बिहिवार , फाल्गुण २६, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, २६ फागुन ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी नगर कार्यसमितिको पार्टी कार्यालय उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमकाबीच पार्टीका केन्द्रीय सहायक महामन्त्री ताहिर अलीले कार्यालयको उद्घाटन गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेता अलीले आगामी निर्वाचनमा राप्रपा वैकल्पिक शक्तिको रुपमा उदाउने बताए ।

    राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणाको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, सचिव बलराम शर्मा, लुम्बिनी नगर कार्यसमितिका अध्यक्ष राजेश यादव, क्षेत्रीय अध्यक्ष गंगाराम जैसवाल, नेताहरु अर्जुन थापा, शंकर खत्री, हरिहर जैसवाल (मनोज), घनश्याम भट्टराई, किसु गौतम, सलमान खान, अनिल चौधरी लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५७ जना राप्रपामा प्रवेश गरेका थिए ।

    275216053_1652642375104093_7327791291093838628_n.jpg