२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

मर्चवारी–४ का वडाअध्यक्ष शैलेष श्रीवास्तव जसपामा प्रवेश

बुधवार , फाल्गुण २५, २०७८

  • 4.4K
    Shares
  • 4.4K
    Shares
  • भैरहवा, २५ फागुन ।
    रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष शैलेष कुमार श्रीवास्तव जनता समाजवादी पार्टी नेपाल (जसपा)मा प्रवेश गरेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार श्रीवास्तव जसपामा प्रवेश गरेका हुन् । 

    उनलाई बुधबार जसपा जिल्ला समन्वय समिति भैरहवा, रुपन्देही कार्यालयमा पार्टीका वरिष्ठ नेता महेन्द्र यादव, रुपन्देही जिल्ला अध्यक्ष रामअवतार यादव लगायतले पार्टीमा प्रवेश गराएका हुन् ।

    त्यस्तै नेपाली कांग्रेसका नेता सन्तोष श्रीवास्तव पनि जसपामा प्रवेश गर्नुभएको जसपा रुपन्देहीका अध्यक्ष रामअवतार यादवले बताए ।