२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

मायादेवी–१ का वडाअध्यक्ष पल्टु लोध एमालेमा प्रवेश

आइतवार , फाल्गुण २२, २०७८

  • 5.1K
    Shares
  • 5.1K
    Shares
  • भैरहवा, २२ फागुन ।
    रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष पल्टु लोध नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् ।

    एमाले मायादेवी गाउँपालिका कमिटी रुपन्देहीले आइतबार मायादेवी–२ स्थित पचविरवामा आयोजना गरेको पार्टी प्रवेश तथा आमसभामा वडाअध्यक्ष लोध एमालेमा प्रवेश गरेका हुन् । उनलाई एमालेका केन्द्रीय सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्मा, केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज भुमिश्वर ढकाल, लुम्बिनी प्रदेश कमिटी सदस्य विश्वराज बराल (अनुप), बाबुलाल यादव जिल्ला अध्यक्ष तेजेन्द्र के.सी., उपाध्यक्ष जगेश्वरी देवी चौधरी, लुम्बिनी प्रदेश सांसद सुनिता ठठेर लगायतले पार्टीमा प्रवेश गराए ।

    एमालेमा प्रवेश गरेका लोध गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट वडाअध्यक्षमा निर्वाचित भएका थिए ।

    राप्रपा रुपन्देहीले वडाअध्यक्ष पल्टु लोधलाई फागुन ९ गते पार्टीबाट निष्काशन गरेको थियो । पार्टी विरोधी क्रियाकलापमा संलग्न भइ पार्टीलाई आँच पुर्याउने खालको गतिविधिमा संलग्न भएको भन्दै वडाअध्यक्ष लोधलाई राप्रपाले कारवाही गरेको थियो ।