२०८३, बैशाख २२ गते

May 05 2026 | २०८३, बैशाख २२ गते

काँग्रेस सिद्धार्थनगर–१ को भेला तथा सचिवालय उद्घाटन

बिहिवार , फाल्गुण १९, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, १९ फागुन ।
    नेपाली काँग्रेस सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ को वडा भेला, सम्मान तथा वडा सचिवालय उद्घाटन कार्यक्रम बिहीबार सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया (कोटहीमाई पथ) मा स्थापना गरिएको पार्टीको वडा समितिको कार्यालय उद्घाटन गरिएको हो । कार्यालयको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले उद्घाटन गरे ।

    सो अवसरमा बोल्दै प्रमुख अतिथि खाँणले काँग्रेसलाई अझ बलियो बनाउनुपर्ने बताए । उनले आगामी स्थानीय तह निर्वाचनमा काँग्रेसलाई जिताउन पार्टीको अभियानलाई अझ प्रभावकारी बनाउन आग्रह गरे । मुलुक र जनताको लागि काम गर्ने पार्टी कांग्रेस मात्रै भएको उनको भनाइ थियो ।

    कार्यक्रममा कांग्रेस क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङ, सिद्धार्थनगर सभापति कोशिष बहादुर खड्का, उपसभापति देवराज न्यौपाने, पूर्व जिल्ला उपसभापति विजय शर्मा, नेपाल तरुल दल रुपन्देहीका सभापति सोम बहादुर गुरुङ, संविधानसभा सदस्य इस्तियाक अहमद खान, क्षेत्र नम्बर ३ (क)का कोषाध्यक्ष दीपक कुंवर, सिद्धार्थनगर नगरपालिका–१ का वडाअध्यक्ष रमेश मल्ल, रमेश सारु मगर, सुशील क्षेत्री, लगायतले बोल्दै आगामी स्थानीय तह निर्वाचनमा सम्पूर्ण पालिकालाई कांग्रेसमय बनाउनुपर्ने बताए ।

    IMG20220303120656.jpg

    कांग्रेस वडा नम्बर १ कार्यसमितिका सभापति मोहनसिंह शाहीको अध्यक्षता, कार्यक्रम संयोजक सुमन शर्माको स्वागत तथा वडा समितिका सचिव माधव शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा कांग्रेसमा रही पार्टीमा योगदान पुर्याउने नेता कार्यकर्तालाई सम्मान गरिएको थियो ।

    IMG_3436.JPG