images
images

शुक्रवार, जेठ ४ गते २०८१

राप्रपाको पाँच प्रदेशमा विस्तारित बैठक सम्पन्न

राप्रपाको पाँच प्रदेशमा विस्तारित बैठक सम्पन्न

images
images
images
सोमवार, फाल्गुण १६ २०७८
सोमवार, फाल्गुण १६ २०७८
  • राप्रपाको पाँच प्रदेशमा विस्तारित बैठक सम्पन्न

    काठमाडौं, १६ फागुन ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाँच प्रदेशमा प्रदेशस्तरीय विस्तारित बैठक सम्पन्न गरेको छ । गत मंसिरमा एकता अधिवेशन सम्पन्न गरेपछि पार्टीले संगठन विस्तारका क्रममा मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हालै बैठक सम्पन्न गरेको महामन्त्री भुवन पाठकले जानकारी दिए । यही फागुन महिनाभित्र प्रदेश नं १ र बागमती प्रदेशमा बैठक सम्पन्न गर्ने कार्य तालिका छ । 
    बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा कसरी पार्टीलाई सफल बनाउने, देशभर संगठन विस्तार गरी नेता तथा कार्यकर्तालाई जनताको सेवामा क्रियाशील बनाउनेलगायत विषयमा प्रशिक्षण समेत दिइएको छ । देशैभर रहेका जिल्ला कार्यसमितिमार्फत स्थानीय तहको निर्वाचनका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ । ती समितिले आसन्न चुनावमा उम्मेदवारको छनोटका लागि कार्यविधि निर्माणका साथै स्थानीय नेताले संगठनको विकासमा पुर्याएको योगदानको अभिलेख तयार गरिरहेको छ । 

    images
    images
    images

    समितिले नेताको सक्रियताका साथै जनतामा लोकप्रियता भएको आधारमा केन्द्रमा उम्मेदवार सिफारिस गर्ने छ । त्यसैका आधारमा चुनावमा उम्मेदवार छनोट गरिने छ । पार्टीले संगठन सुदृढीकरणका लागि वडा, नगर, क्षेत्रीय तहका विभिन्न राजनीतिक कार्यक्रम सञ्चालन गरेको छ । रासस

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij