images

बिहिवार, बैशाख २० गते २०८१

प्रतिनिधिसभा बैठक सुरु, एमसिसीसम्बन्धी प्रस्तावमाथि छलफल जारी

प्रतिनिधिसभा बैठक सुरु, एमसिसीसम्बन्धी प्रस्तावमाथि छलफल जारी

images
images
images
आइतवार, फाल्गुण १५ २०७८
आइतवार, फाल्गुण १५ २०७८
  • प्रतिनिधिसभा बैठक सुरु, एमसिसीसम्बन्धी प्रस्तावमाथि छलफल जारी

    काठमाडौं, १५ फागुन ।
    प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो गरी सुरु भएको छ । दिउँसो ३ बजे सुरु भएको बैठकको प्रारम्भमै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले नाराबाजी गर्दै ‘वेल’ घेराउ गरेका छन् ।

    images
    images
    images

    प्रतिपक्षी दलको नाराबाजीकैबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारवाही प्रारम्भ गरे । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले “महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८” पेश गरेका थिए ।

    त्यसै गरी अर्थमन्त्री जनार्दन शर्माले “नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गरे । बैठकमा एमसिसीमाथिको सैद्धान्तिक छलफल जारी छ । रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij