images

बिहिवार, बैशाख २० गते २०८१

संसदबाट आजै एमसिसी अनुमोदन गर्ने सत्तारूढ गठबन्धनको निर्णय

संसदबाट आजै एमसिसी अनुमोदन गर्ने सत्तारूढ गठबन्धनको निर्णय

images
images
images
आइतवार, फाल्गुण १५ २०७८
आइतवार, फाल्गुण १५ २०७८
  • संसदबाट आजै एमसिसी अनुमोदन गर्ने सत्तारूढ गठबन्धनको निर्णय

    काठमाडौं, १५ फागुन ।
    प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना (एमसिसी)मा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    बैठकपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सञ्चारकर्मीहरुलाई एमसिसी सैन्य संगठनअन्तर्गत नभई विशुद्ध आर्थिक सहयोग हो भन्ने सन्दर्भमा सरकारले स्पष्ट गरेपछि आजै बस्ने प्रतिनिधिसभाले अनुमोदन गर्ने निर्णय बैठकले गरेको जानकारी दिए । 

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत गठबन्धन दलका शीर्ष नेता बालुवाटारमा सहभागी थिए ।

    यसैबीच आजै बिहान बसेको माओवादी केन्द्रको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गर्ने निर्णय गरेको थियो । रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij