images

शनिवार, बैशाख १५ गते २०८१

चुनाव सार्न चाहनेको चलखेल रोकिएपछि छटपटी सुरु : शंकर पोखरेल

चुनाव सार्न चाहनेको चलखेल रोकिएपछि छटपटी सुरु : शंकर पोखरेल

images
images
images
बुधवार, फाल्गुण ११ २०७८
बुधवार, फाल्गुण ११ २०७८
  • चुनाव सार्न चाहनेको चलखेल रोकिएपछि छटपटी सुरु : शंकर पोखरेल

    लुम्बिनी, ११ फागुन ।
    नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले स्थानीय तहको चुनाव सार्ने चलखेल असफल भएको बताएका छन् । उनले चुनाव सार्न चाहनेको चलखेल रोकिएपछि छटपटी सुरु भएको समेत बताए ।

    images

    एमाले केन्द्रीय कार्यक्रमअन्तर्गत बुधबारदेखि बुटवलमा सुरु भएको दुईदिने प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले एमालेको जनलहर देखेर चुनावमा एक्लै जान डराएका चुनावबाट भाग्ने असफल भएको समेत बताए । उनले एमसिसी परियोजनाका बारेमा सरकारमा सहभागी दलहरुबीच नै दोहोरो भूमिका देखिएको भन्दै पाँच दलीय गठबन्धन सरकारको दोहोरो भूमिकाको विरोधमा एमाले रहेको बताए । उनले सरकार एउटा दृष्टिकोण बोकेको हुनुपर्ने जनाउँदै प्रधानमन्त्रीय प्रणालीमा सरकारले दुईवटा कुरा बोक्ने कुरा हुन नहुने बताए ।

    उनले पाँच दलीय गठबन्धन बनाएर एमाले पार्टी नेतृत्व र पार्टीका विरुद्ध आक्रमण र घेराबन्दी गर्ने काम भइरहेको जनाउँदै एमालेलाई जनताको साथ रहेकाले त्यस प्रकारको घेराबन्दीलाई सामना गर्ने बताए । पोखरेलले चुनावी तयारीमा लाग्न सबै नेतालाई निर्देशन समेत दिए । प्रशिक्षणमा पार्टी उपमहासचिव प्रदीप ज्ञवाली, सचिव छविलाल विश्वकर्मा लगायत सहभागी छन् । रासस

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij