२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेटमा लुम्बिनी शाक्यान विजयी 

बुधवार , फाल्गुण ११, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा लुम्बिनी शाक्यान बिजयी भएको छ। 

    रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवा स्थित सिद्धार्थ रंगशालामा भएको कार्यक्रममा बुटवल युथलाई पराजीत गर्दै शाक्यान बिजयी भएको हो। शाक्यान ९ रनको झिनो अन्तरतले बिजयी भएको हो। 

    टस जितेर सुरुवाती ब्याटिङ रोजेको लुम्बिनी संज्ञानले २४ दशमलव २ ओभरमा सबै विकेटको क्षेतीमा ११५ रन बनाएको थियो। जसका लागि नागेश्वर मिश्राले सर्वाधिक २६, धुरुप चन्द कुर्मीले २४ र लालमन गिरीले १४ रन बनाएका थिए। बलिङतर्फ बुटवल युथका सन्तोस परियारले ६ र नयन केसीले २ विकेट लिए। 

    ११६ रनको लक्ष पाएको बुटवल युथले ३० ओभरमा सबै विकेट गुमाई १०६ रन मात्र बनाउन सफल भयो। लक्ष्य पार गर्न नसकेपछि ९ रनले पराजय भोग्न परेको बुटवल युथका लागि सुमन थापाले १३, बिनित अधिकारी र नयन केसीले समान १२–१२ रन र अभिषेक पटवाले ११ रन बनाएका थिए। लुम्बिनीका जाभेद अलि मुसलवान र अख्तर हुसेन मुसलवाले ४–४ विकेट लिएकाे संंघका सचिब संजय गुरुङले जानकारी दिए। 

    बुधबारको खेलमा लुम्बिनीका जाभेद अलि मुसलवान म्यान अफ द म्याचबाट पुरस्कृत भए। बिहिबारको खेल सैनामैना क्रिकेट क्लव र ज्ञानोदय क्रिकेट क्लवका वीच हुने संंघकाे सदस्य एव‌  कार्यक्रम संयोजक भरत थापाले जानकारी दिए।