
बुधवार , फाल्गुण ११, २०७८
भैरहवा, ११ फागुन ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ को वडा कार्यालयले वडामा रहेको भानु माध्यमिक विद्यालयलाई खेलकुद सामग्री प्रदान गरेको छ । बुधवार विद्यालयमा आयोजित सामग्री हस्तान्तरण कार्यक्रममा वडाअध्यक्ष शेषकान्त भण्डारीले विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेका हुन् ।
५० हजार रुपैयाँ बराबरको क्रिकेट किड्स ब्याग, भलिबल, नेट, क्यारेम बोर्ड, काउन्टिङ बोर्ड, जर्सी लगायतको सामग्री प्रदान गरिएको वडाअध्यक्ष भण्डारीले बताए । सो अवसरमा बोल्दै वडाअध्यक्ष भण्डारीले विद्यार्थीलाई खेलकुद क्षेत्रमा प्रोत्साहित गर्न लक्षित कार्यक्रमबाट खेलकुद सामग्री प्रदान गरिएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फैज अहमद खानले यस्ता खेलकुद सामग्रीले विद्यालयको शैक्षिक विकास तथा विद्यार्थीको शारीरिक विकासमा थप टेवा पुग्ने बताए ।
वडा कार्यालयको ५० हजार र विद्यालयको आन्तरिक स्रोतको ८ हजार ५ सय रुपैयाँले खेल सामग्री खरिद गरिएको विद्यालयका प्रधानाध्यापक मोतीलाल सुवेदीले बताए । कार्यक्रममा शिक्षक, अभिभावक, बालक्लब र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij