
बुधवार , फाल्गुण ११, २०७८
भैरहवा, ११ फागुन ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित मिश्रौलियामा विभिन्न पार्टी परित्याग गरी ५५ जना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । राप्रपा सिद्धार्थनगर वडा नम्बर ९ समितिले आयोजना गरेको कार्यक्रममा ५५ जना पार्टीमा प्रवेश गर्नुभएको राप्रपा रुपन्देहीका अध्यक्ष तथा निर्वाचन परिचालन समितिका जिल्ला संयोजक अजय कुमार गुप्ताले बताए । त्यस्तै अनिल कुर्मीको संयोजकत्वमा ३५ सदस्यीय टोल समिति गठन गरिएको छ ।
युवा नेता प्रभात ज्ञवालीको अध्यक्षता तथा कृष्ण अर्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेताहरु सलाहुद्दीन पठान, नसरुद्दीन पठान, गंगाराम बरई लगायतको उपस्थिति रहेको थियो ।
शुद्धोधन–३ मा टोल समिति गठन
यसैबीच राप्रपा शुद्धोधन गाउँपालिका कमिटी वडा नम्बर ३ स्थित दोगनामा टोल समिति गठन गरिएको छ । दरोगा थारुको अध्यक्षतामा १५ सदस्यी टोल समिति गठन गरिएको पार्टीले जनाएको छ । शिव कुमार थारुको अध्यक्षता तथा पुष्पराज थारुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्षेत्र नम्बर ३ का सचिव शंकर कार्की, नेता बेगम गौतम लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij