२०८३, बैशाख २३ गते

May 06 2026 | २०८३, बैशाख २३ गते

निर्वाचनअघि माग पुरा गर्न भन्दै जनमतले बुझायो ज्ञापनपत्र 

मंगलवार , फाल्गुण १०, २०७८

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • भैरहवा, १० फागुन । 
    डा. सिके राउत नेतृत्वको जनमत पार्टी जिल्ला समन्वय समिति रुपन्देहीले निर्वाचन अघि किसानहरुको माग सम्बोधन गर्नुपर्ने लगायतका माग राखी  जिल्ला निर्वाचन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । 

    जनमत पार्टीले दल दर्ता हुँदा पाएको चुनाव चिन्ह स्थानीय चुनावमा पनि लागू गर्नुपर्ने, निवार्चन चिन्हसम्बन्धि सिण्डिकेट खारेज गर्नुपर्ने, नागरिकता देखाएर मतदान गर्न मिल्ने व्यवस्था गर्नुपर्ने भन्दै जिल्ला निर्वाचन कार्यालय रुपन्देही अगाडि प्रदर्शन गरेको छ ।

    जिल्ला निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीलाई ज्ञापनपत्र बुझाइएको पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले जानकारी दिए ।