२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

मायादेवी–८ मा कांग्रेसको टोल समिति गठन

मंगलवार , फाल्गुण १०, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, १० फागुन ।
    नेपाली कांग्रेस मायादेवी गाउँपालिका वडा नम्बर ८ ले टोल समिति गठन गरेको छ । भुल्ठु मुराउको अध्यक्षतामा बसडिलवा टोल समिति गठन गरिएको पार्टीले जनाएको छ । जसको उपाध्यक्षमा शुसिला कार्की, सचिवमा कुलप्रसाद काफ्ले (विष्णु), सह–सचिवमा सिद्धान्त गुरुङ र कोषाध्यक्षमा विष्णु जिसी कार्की रहेका छन् ।
    त्यस्तै सदस्यहरुमा पिताम्बर चापागाई, पार्वती काफ्ले, पदम खत्री, निरज चन्द, विकास रेग्मी, हरिशचन्द्र मुराउ, सोनमति चौधरी, रोहित लोनिया, सुवाश पौडेल, राजन शर्मा, सुमित्रा चौधरी, आदर्श क्षेत्री, तिल कुमारी खत्री, कौशल आचार्य र मान बहादुर कुवर रहेका छन् ।

    कांग्रेस मायादेवी–७ का सभापति तिल बहादुर रायमाझीको सभापतित्व, पार्टीका महासमिति सदस्य देवी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कांग्रेस मायादेवीका उपसभापति जय यादव, नेताहरु पशुपति न्यौपाने, अर्जुन कार्की, श्याम प्रसाद श्रेष्ठ, विक्रम बहादुर सुनार लगायतको उपस्थिति रहेको थियो । कांग्रेस मायादेवी–८ का सचिव सन्देश रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।