२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

गुन्द्रुक उत्पादनमा महिला आकर्षित

सोमवार , फाल्गुण ९, २०७८

पाल्पा, ९ फागुन। गुन्द्रुक उत्पादनमा यहाँका महिला आकर्षित भएका छन। 

गुन्द्रुकको माग बढेपछि यहाँका महिलाले गुन्द्रुक उत्पादनबाट गतिलो आम्दानी गर्न थालेका हुन।तानसेन नगरपालिका छापका झण्डै २५ घरपरिवार गुन्दु्रक उत्पादन गरी जीविकोपार्जन गर्दै आएका छन। छापकी तुल्सी कँडेलले मुलाको सागबाट तयार गरिएको गुन्दु्रक मासिक दुई तीन पटक बजार लगेर बिक्री गर्दछीन। उनले स्थानीय डुम्रे, जहरेपिपल, तानसेन र प्रभाषलगायतका बजारमा लगेर बेचिएको गुन्द्रुकबाट झण्डै एक पटकमा रु पाँच÷सात हजार आम्दानी गर्दै आएकी  छन।

प्रतिकिलो रु ४०० मा गुन्द्रुक बिक्री हुन्छ। मेहनत अनुसार मूल्य पाएपछि यहाँका महिला पछिल्ला वर्ष गुन्द्रुक उत्पादन गर्न व्यस्त बनेका हुन। गुन्द्रुक रायो, तोरी, मुलाको साग आदिबाट बनाइने परम्परागत तरकारी हो। यसलाई नेपालको वा नेपालीको विषेश खानाका रुपमा लिइन्छ।  
नेपाली मौलिक परिकार गुन्द्रुक सागबाट बनाइने तरकारी हो । पहाडी जिल्ला पाल्पामा चिसो बढेसँग गुन्द्रुकको परिकार खाने चलन छ । सहर तथा ग्रामीण क्षेत्रमा चिसो मौसममा गुन्द्रुकको माग बढदो छ। गुन्द्रुकको  माग बढेसँगै यहाँका ग्रामीण क्षेत्रमा यसको उत्पादन गरी आम्दानीको स्रोत बनाउन थालेको पाइन्छ।

छापकै डिलबहादुर रानाले घरको छतमा गुन्दु्रक सिन्की सुकाइरहन्छन। बारीमा उत्पादित मुलालाई उखलेर राम्रोसँग धोइपखाली गरी दुईतीन दिन घाममा सुकाइन्छ। घाममा सुकेको मुलालाई ढिकीमा कुटेर मसिनो बनाइन्छ। यसरी मसिनो बनाएको मुलाको सागलाई प्लास्टिक वा माटाको भाडामा मलखादमा पुरी बफाउने गरिन्छ। मलखादबाट निकालेर घाममा सुकाएको सागलाई नै तरिकारीको परिकारका रुपमा खाने चलन रहेको उनले बताए । 

बजारी क्षेत्रका मानिसले सागलाई कुटेर प्लास्टिकका भाडामा घाममा सुकाउने चलनसमेत रहेको बताइन्छ। पहिला ग्रामीण क्षेत्रमा उत्पादित गुन्द्रुक अहिले सहरी क्षेत्रमासमेत यसको माग छ। सहरका ठूला होटलमा गुन्दु्रकको झोल र अचारको खपत बढ्दो छ। नेपाली पहिचान बोकेको गुन्दुक उत्पादनमा कमी हुँदा चीनबाटसमेत यसको आर्यात हुँदै आएको छ। रासस