२०८३, बैशाख २४ गते

May 07 2026 | २०८३, बैशाख २४ गते

नेपाल अविनाश आश्रममा ‘किचन एण्ड डाईनिङ हल’ को शिलान्यास

बिहिवार , बैशाख २४, २०८३

  • 178
    Shares
  • 178
    Shares
  • भैरहवा, २४ वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रममा नयाँ भान्सा घर (किचन) र डाईनिङ हल निर्माण हुने भएको छ ।

    बुधबार भवनको लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक गभर्नर बालाराम भट्टराई, पूर्व डिष्ट्रिक गभर्नर अरुण प्रताप राणा, निवर्तमान गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्ग, सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर मीना पन्थीले शिलान्यास गर्नुभएको हो । 

    l3.jpg

    ७५ लाख ९२ हजार ४ सय ७१ रुपैयाँ लागतमा एकतल्ले भवन निर्माण हुन लागेको लायन्स क्लब इन्टरनेशनल फाउण्डेशन (एलसीआईएफ) डिष्ट्रिक कोर्डिनेटर अर्चित कुमार श्रेष्ठले जानकारी दिनुभयो । यो भवन (परियोजना) ६ महिनामा निर्माणसम्पन्न गर्ने लक्ष्य रहेको छ । त्यसपछि नयाँ परियोजना सुरुवात गरिने उहाँले बताउनुभयो ।  ‘२ करोड ५० लाखमा बराबरको तीनवटा परियोजना एलसीआईएफबाट सहयोग भइ सञ्चालनमा छन्, निकट भविष्यमा अन्य परियोजनाहरु सञ्चालनका लागि सहयोग आउने क्रममा छन्, ’उहाँले भन्नुभयो ।

    ‘हंगर रिलिफ’ अन्तर्गत अविनाश अनाथ आश्रममा भवन निर्माण कार्यका लागि लायन्स क्लब अफ सिद्धार्थनगर युथ, लायन्स क्लब अफ बुटवल चौतारी र लायन्स डिष्ट्रिक ३२५ पी, नेपालले संयुक्त रुपमा पहल (अगुवाइ) गरेको डिष्ट्रिक एडभाईजर धिरज कुमार मल्लिकले बताउनुभयो ।

    भवन शिलान्यास कार्यक्रममा लायन्स अगुवाहरुले जहाँ आवश्यकता त्यहाँ लायन्स पुग्ने गरेको बताउनुभयो । उहाँहरुले आगामी दिनमा पनि लायन्स समुदायसँग मिलेर काम गर्न तयार रहेको बताउनुभयो ।

    कार्यक्रममा प्रमुख अतिथि लायन्स पास्ट डिष्ट्रिक गभर्नर तथा वर्ष २०२६–२०२७ का एलसीआईएफ लिडर अरुण प्रताप राणाले नेपाल अविनाश अनाथ आश्रमका अध्यक्ष श्रीकृष्ण ज्ञवालीले आश्रम राम्रोसँग सञ्चालन गर्नुभएको बताउनुभयो । लायन्सले स्थानीय सरकारसँग सहकार्य गर्दै विभिन्न कार्यक्रम अघि बढाएको उहाँले बताउनुभयो ।

    त्यस्तै डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले शिलान्यास भएको भवन सपनाको परियोजना भएको बताउनुभयो ।
    निवर्तमान डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले एलसीआईएफको काम, कर्तव्य अनुसार अर्चित श्रेष्ठले राम्रो उदाहरण प्रस्तुत गर्नुभएको बताउनुभयो । 

    पूर्व डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले अविनाश अनाथ आश्रममा किचन र डाईनिङ्ग हल निर्माण सुरु हुनु सराहनीय रहेको बताउनुभयो । 

    लायन्स क्लब अफ बुटवल चौतारीका संस्थापक अध्यक्ष लुकराज न्यौपानेले भवन समयमै निर्माणसम्पन्न गर्न निगरानी र सल्लाह–सुझावको अपेक्षा रहेको बताउनुभयो । 

    l1.jpg

    कार्यक्रममा वर्ष २०२६–०२७ का डिष्ट्रिक गभर्नर सन्दिप कसौधन, प्रोजेक्ट चेयरपर्सन माधव खनाल लगायतको उपस्थिति थियो ।