images

बिहिवार, चैत्र १५ गते २०८०

सबैको सहकार्यले समाधान गर्न सकिन्छ ट्राफिक समस्या 

सबैको सहकार्यले समाधान गर्न सकिन्छ ट्राफिक समस्या 

images
images
images
सोमवार, फाल्गुण ९ २०७८
सोमवार, फाल्गुण ९ २०७८
  • सबैको सहकार्यले समाधान गर्न सकिन्छ ट्राफिक समस्या 

    दुई दशक लामो अन्तरालमा भैरहवा (सिद्धार्थ) नगरीमा भौतिक संरचनाहरु सडक संरचना एवं सवारीसाधनहरुको उल्लेखनीय संख्यामा वृद्धि भएको छ। सवारी साधनको चाप बढेसंगै ट्रफिक व्यवस्थापन चुनौतिको रुपमा देखापरेको छ। 

    images
    images
    images

    लुम्बिनी प्रदेशमा दैनिक सयौको सङख्यामा सवारी साधन थपिएका छन्। यति ठूलो संख्यामा मोटरसाइकल र चार पाङग्रे गाडीको संख्यामा वृद्धिसंगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ। ट्राफिक व्यवस्थापनमा चुनौती थपिएसंगै पछिल्लो समय ट्राफिक व्यवस्थापनलाई सहज बनाउने योजना पनि अगाडि बढेका छन्। अहिले रुपन्देहीका बिभिन्न स्थानमा ट्राफिक लाईटको प्रबन्ध मिलाईएको छ। भैरहवामा पनि ट्राफिक लाईटको आवश्यकता भएको हँुदा सिद्धार्थनगर नगरपालिकाले बुद्धचोक र देवकोटा चोकमा ट्राफिक लाईट जडान गरेको छ। 

    तर, यतीले मात्रै ट्राफिक समस्या समाधान हुदैन्। यससम्बन्धि यहाँका नागरिकहरुलाई यसका नियमबारे ज्ञान दिन जरुरी देखिएको छ। ट्राफिक प्रहरीले ट्राफिक लाईटसम्बन्धि जानकारी र सहकार्य गर्नुपर्ने देखिन्छ। ट्राफिक लाईट भैरहवामा मात्र नभएर तिलोत्तमापछि भैरहवामा जडान भएको हो। यससम्बन्धि सर्वसाधारणलाई बिशेष ध्यान पु¥याउनु पर्दछ। ट्राफिक लाईट सम्बन्धी ट्राफिक प्रहरी स्वयमलाई पनि ज्ञान नहुन सक्छ। त्यसैले यो जडान गर्नुभन्दा पूर्व यसको बारेमा ट्राफिक प्रहरीहरुलाई पनि तालिमको आबश्यकता देखिन्छ। 

    bato.jpg

    साथै सिद्धार्थनगर नगरपालिकाले पनि ट्राफिकसंग सहकार्य गरेर यसबारे जानकारी तथा जनचेतना फैलाउनु पर्दछ। ट्राफिक लाईटबारे प्रयाप्त जानकारी नहुँदा रातो लाईत बोलिरहेका बेला पनि सवारी साधन गुडिरहेका हुन्छन् भने पैदल यात्री पनि दौडिरहेका हुन्छन्। जसका कारण वेला वेलामा सवारी दुर्घटना हुने गरेको छ। अर्को तर्फ सवारी दुर्घटनाको अर्को प्रमुख कारणको रुपमा छाडा चौपाय रहेका छन्। हिजोआज भैरहवा, बुटवल, लुम्बिनी सडकखण्डमा र भैरहवाको भित्री बजारमा हुने सवारी दुर्घटनाको कारकको रुपमा छाडा चौपाय रहेको छ। केही वर्षअघि छाडा चौपाय व्यवस्थित गर्नको लागि जनस्तरबाट नगरपालिकालाई दबाब सिर्जना भएपछि युवा तथा सामाजिक अभियन्ता प्रख्यात बन्जाडेको पहलमा रुपन्देहीको सुर्यपूरा स्थित शितेस श्रेष्ठको गाई फार्ममा राख्न वडा सदस्यहरु लगायतका सिद्धार्थनगर नगरपालिका प्रमुख हरि प्रसाद अधिकारीको टोलीले अध्ययन समेत गरेका थिए। तर, त्यो अभियान सम्भव हुन सकेन। जसका कारण छाडा गाईवस्तु व्यवस्थापन गर्न सकिएन।

    अर्को तर्फ ईरिक्सा पनि समस्याको रपमा देखा परेको छ। हुन त ई–रिक्साले हामी सर्वसाधारणहरुलाई हिड्डुल गर्न सहज गरेकै छन्। तर ई–रिक्साको नाममा पेट्रेल र डिजलबाट चल्ने ट्याम्पो पनि भित्रिदा यसले नगरको वातावरण मैत्री ई–रिक्साको परिकल्पनालाई असहयोग गरेको छ भने आबश्यकता भन्दा बढी मात्रामा भित्रिदा समस्या जटिल बन्दै गएको छ। नगरपालिकाले ईरिक्साको लेखाजोखा राख्नु पर्दछ। यसको व्यवस्थापनमा कडाई गर्नु पर्दछ। व्यवस्थापन कसले गर्ने तथा लाईसेन्स सधैभरीको लागि चाहिने या नचाहिने हो र कुन कुन सडकमा (रुटमा) चल्न पाउने हो। यस्ता बिषयमा व्यवस्थीत रुपमा काम गर्न जरुरी छ। 

    सुन्दा सामान्य लाग्ने यस्ता बिषयलाई समयमै टुङग्याउन सकिएन भने भोलीका दिनमा यसले बिकराल समस्या लिएर आउने पक्का छ। बढ्दो गाडी घोडाको चापले गर्दा यसै नगरमा ट्राफिक व्यवस्थापन गर्न झन् भन्दा झन् गाह्रो हँुदै गइरहेको छ। तसर्थ यसलाई सहजीकरण गर्न ‘वान वे कन्सेप्ट’ लागू गर्नुपर्ने देखिन्छ। जस्तै ः (आवारोड, बेकरौड, पवन होटल वरपर इत्यादि)। विश्वको कुनै पनि मूलुकमा ट्राफिक व्यवस्थापनको राम्रो विकल्प श.शूल्क पार्किङ हो। कसैलाई झट्टै सुन्दा नमिठो लाग्ला तर अनावश्यक पार्किङलाई निरmत्साहित गर्न र आवश्यक भएकालाई पार्किङ सहजीकरण गर्न यो उत्तम उपाय हुन सक्छ।

    ट्राफिक व्यवस्थापन भनेको हाम्रो सवारीसाधनहरुलाई सहज रुपमा चलाउन र पार्किङ मिलेसम्म सहज गर्नेलाई भनिन्छ। तर, व्यवस्थापन गर्ने भन्दैमा जताततै नो पार्किङ गर्ने तर पार्किङको लागि ठाउँको व्यवस्था नगर्न पनि त भएन। विगत ३–४ दशकदेखि सुन्दै आएको तर कार्यान्वयन हुन नसकेको सिद्धार्थनगरमा हालको कारागार कार्यालयलाई स्थानान्तर गरी त्यस जग्गालाई पार्क (उद्यान) बनाउने कुरा रहेको स्व. श्री रामकृष्ण ताम्राकार यस सिद्धार्थ उद्योग वाणिज्य संघको महासचिव हुँदादेखिको कुरा रहेको थियो। तरपछि बजारको र नगरको आवश्यकतालाई मध्यनजर राख्दै यसलाई पार्किङ गर्ने भन्ने कुरा परिवर्तन गरिएको थियो। यो कारागारलाई रोहिणी गाउँपालिकामा रहेको सरकारी जग्गामा सारेर स्थानान्तरण गर्न प्रदेश तथा स्थानीय प्रमुखद्वारा मन्त्रालयमा निवेदन गर्दा गृह मन्त्रालयले कारागारमा रहेका कैदीहरुलाई अदालत भन्दा १२–१३ किलोमिटरबाट ल्याउँदा लैजाँदा ग्राह्रो हुन्छ भन्ने कारणका साथ स्वीकृति नदिएका थिए। स्थानीयको समस्यालाई मन्त्रालय तथा राज्यले बुझ्न नसकेकोले यहाँका बासिन्दालाई आउने दिनहरुमा अझै सास्ती खेप्नपर्ने देखिन्छ।

    विकल्प नै खोज्ने हो भने यस सिद्धार्थनगर नगरपालिकाको हालको भवनबाट हटेर अर्को नयाँ बन्दैछ। सो हुँदा पुरानो भवनलाई हटाएर त्यहाँको जग्गालाई पार्किङ मल्टीप्लेक्सको रुपमा दुई तल्ले अण्डर ग्राउण्ड र माथि चार तल्ला जति बनाउन सक्यौं भने एक तल्लामा सय भन्दा बढी र ६ तल्लामा ६ सय वटा भन्दा बढी सवारीसाधन अट्न सक्ने हुन सक्छ। अरु पनि विकल्पहरुलाई खोजेर यसलाई योजनामा राख्नुपर्छ। अझै पनि ढिलो भयो भने भैरहवा बजारलाई नै सवारीसाधन निषेधित क्षेत्र घोषणा गर्नुबाहेक अरु विकल्प नरहला।

    यति सबै समस्या र यसका निराकरणका कुरा गरिरहँदा हामी प्रत्येक नगरबासी पनि जिम्मेवारीहरु छन्। जस्तै ट्राफिक तथा ट्राफिक संकेतहरुको सही तरिकाबाट पालना गर्ने। पत्येक नगरवासी अथवा आम नागरिक जिम्मेवार नगरवासी हुनुपर्दछ आफैमा र जिम्मेवार नगरवासी आफैमा बिना वर्दीको ट्राफिक प्रहरी महसुस गर्नुपर्दछ। तबमात्र यस सिद्धार्थनगरको ट्राफिकको मात्र नभई अन्य यावत समस्याहरु एकपछि अर्को गर्दै हल हुदै जानेछन् भन्ने मेरो आशा र विश्वास छ। लेखक सिद्धार्थ उद्योग बाणिज्य संघका सदस्य एवं ट्राफिक व्यवस्थापन उपसमितिका संयोजक हुन्। 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij