२०८२, पौष ८ गते

Dec 23 2025 | २०८२, पौष ८ गते

कानुङ सहकारीको १७ औं साधारणसभा सम्पन्न

शनिवार , कार्तिक २२, २०८२

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • बुटवल, २२ कार्तिक । कानुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल, रुपन्देहीको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार बुटवलमा भएको साधारणसभामा संस्थाका अध्यक्ष बेनप्रसाद थापाले आर्थिक वर्ष २०८१/०८२ मा भए/गरेका महत्वपूर्ण कार्यहरु तथा आ.व.२०८२/०८३ को वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

    सभामा लेखा सुपरीवेक्षण समितिका संयोजक निरञ्जन थापाले आ .व . २०८१/०८२ को लेखापरीक्षण गर्दा देखिएका यथार्थ विवरण तथा सुझावहरु पेश गर्नुएको थियो । आर्थिक वर्ष २०८१/०८२ को वासलात तथा आ .व २०८२/०८३ को अनुमानित बजेट कोषाध्यक्ष ठमी थापाको अनुमतिले संस्थाका उपाध्यक्ष दानबहादुर थापाले प्रस्तुत गर्नुभएको थियो ।

    सभाका प्रमुख अतिथि संस्थाका ज्येष्ठ शेयर सदस्य सामाजिक व्यक्तित्व प्रेमबहादुर गलामी मगरले परनिर्भरता नभइ आफै कमाएर बचत गर्ने बानी बसाल्नुपर्ने बताउनुभयो। साथै स्वास्थ्य नै धन भएकोले खानपिनमा ख्याल राखी स्वस्थ जीउन समेत आग्रह गर्नुभयो । 

    विशिष्ट अतिथि निवर्तमान अध्यक्ष टोपबहादुर थापाले बजारमा केही सहकारीका गलत कार्यले गर्दा सहकारीप्रति मानिसको नकारात्मक बुझाइ रहेकाले त्यसलाई चिरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।सो अवसरमा विशिष्ट अतिथि पूर्वअध्यक्ष जंगबहादुर श्रीस, शेयर सदस्य इन्द्रप्रसाद थापा, विष्णु डम्मरपाल राना लगायतले संस्थाको उन्नति प्रगतिका बारेमा बोल्नुभएको थियो । सभामा असल शेयर सदस्य दुर्गाबहादुर श्रीस, सदस्य अभिवृद्धि संयोजक तुलसीकुमारी पुन तथा प्रवीणता प्रमाणपत्र तहदेखि स्नातकोत्तर उतीर्ण गरेका २१ जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियोे । 

    सभामा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो भने शेयर सदस्यहरूले सीप सिकेर उत्पादन गरेका थाकल पातबाट बनेका टोपी झोला, चप्पल, अचार समेत विक्रीका लागि राखिएको थियोे । संस्थाका अध्यक्ष बेनप्रसाद थापाको अध्यक्षता, सचिव युवराज काउचाको सञ्चालन तथा उपाध्यक्ष दानबहादुर थापाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।