
आइतवार , फाल्गुण ८, २०७८
भैरहवा, ८ फागुन ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १६ स्थित कोटिहवा पर्सहवामा विन्ध्यावासिनी मन्दिर धाम परिसरमा शनिदेवसहितका नवग्रहहरुको मन्दिर निर्माण भएको छ । स्व.माता कुविजादेवी कोइराला एवं स्व.पिता कृष्णलाल कोइरालाकोस्मृतिमा छोरा दामोदर कोइराला र बुहारी जानकी देवी कोइरालाद्धरा मन्दिर निर्माण गरिएको हो । यस क्षेत्रमै शनिदेवसहित नवग्रहहरु स्थापना गरिएको मन्दिर पहिलो भएको मन्दिर समितिका अध्यक्ष खिमलाल कोइरालाले बताए ।
यसअघि पनि विन्ध्यवासिनी धाममा दामोदर कोइराला परिवारबाटै अरुन्धतीसहित सप्तऋषिहरुको मुर्ती स्थापना सहित मन्दिर निर्माण भइ पूजाआजा चलिरहेको छ । धाममा शिवालयको मन्दिर, पुष्करिणी पोखरी, अष्टकुल नाग, धर्मशाला, कार्यालय, विराट स्वरुप लगायतका धार्मिक संरचना पनि कोइरालाले बताए ।
धाममा राधाकृष्ण मन्दिर, हनुमान मन्दिर स्थानीय जीवनलाल बस्यालले बनाएका छन् । त्यस्तै हवनकुण्ड नित्यराज बस्यालले बनाएर हस्तान्तरण भएको छ ।
तिलोतमा नगरपालिकाको कोटिहवाचोक देखि २ किलोमिटर पुर्वमा रहेको सो धामको अवधारणा स्व.नरनारायण बस्यालले अगुवाइ गरेका थिए ।
सो धाम भित्रको दक्षिण क्षेत्रमा वस्याल समाजको कुलानी पूजास्थल मन्दिर समेत रहेको छ । सो मन्दिरमा हरेक वर्षको दशैंको महाअष्टमीका दिन कुलपुजा र चैते दशैमा पनि विशेष पुजा गरिने गरेको समाजका सचिव बालकृष्ण बस्यालले बताए धामभित्र साढे ९ कठ्ठा जग्गा रहेको पनि उनले बताए । शनिदेवसहितको नवग्रहको मन्दिरको स्थानीय जेष्ठ नागरिक कुल प्रसाद गैरेले उद्घाटन गरेका थिए । मन्दिर निर्माण कार्यमा समितिका पदाधिकारी लिलावल्लभ गैरे, मोहन प्रसाद गैरे, प्रकाश कोइराला लगायतले रेखदेख गर्दै आएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij