२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

लायन्स ३२५ पी को डिष्ट्रिक गभर्नरमा न्यौपाने 

आइतवार , फाल्गुण ८, २०७८

बुटवल, ९ फागुन ।
लायन्स क्लब इन्टरनेशनलमा रहेका ४ डिष्ट्रिकमध्ये डिष्ट्रिक ३२५ बी २ बाट रुपन्देही, पाल्पा, नवलपरासी, कपिलवस्तु र काठमाण्डौका केही क्लबहरु समावेश हुँदै प्रस्तावित डिष्ट्रिक ३२५ पी नेपाल बनेको  छ । नवलपुरको गैंडाकोटमा १० औं डिष्ट्रिक ३२५ बी २  महाधिवेशबाट प्रस्ताबित लायन्स क्लब डिष्ट्रिक ३२५ पी नेपालको आगामी वर्ष २०२२/२३ लागि डिष्ट्रिक इलेक्ट गभर्नरमा नवराज न्यौपाने निर्वाचित भएका हुन् । न्यौपाने भैरहवा निवासी हुन् ।

त्यस्तै फस्ट भिडिजी इलेक्ट अर्जुमान सैजु र सेकेण्ड भिडिजीमा इलेक्ट पुरुषोतम भक्त प्रधानाङ्ग निर्वाचित भएका छन । डिष्ट्रिक सचिवमा लायन्स क्लब बुटवल स्टार्सका संस्थापक अध्यक्ष सन्दिप कसौधन र कोषाध्यक्षमा विनोद खरेल चयन भएका छन ।