images

शुक्रवार, चैत्र १६ गते २०८०

अभिनय तथा नाट्यकर्मी संघ नेपाल लुम्बिनी प्रदेश तदर्थ समिती गठन

अभिनय तथा नाट्यकर्मी संघ नेपाल लुम्बिनी प्रदेश तदर्थ समिती गठन

images
images
images
आइतवार, फाल्गुण ८ २०७८
आइतवार, फाल्गुण ८ २०७८
  • अभिनय तथा नाट्यकर्मी संघ नेपाल लुम्बिनी प्रदेश तदर्थ समिती गठन
    बुटवल। लुम्बिनी प्रदेश भित्र रहेका अभिनय विधाका कलाकारहरुको बृहत भेलाले अभिनय तथा नाट्यकर्मी संघ नेपाल लुम्बिनी प्रदेश तदर्थ समिती गठन गरेको छ ।
     
    बुटवलमा आयोजित भेलाले शान्तराम गिरीको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्ष बाबुराम घिमिरे, सचिव विजय पोखरेल, कोषाध्यक्ष रेशम भण्डारी, सहसचिव कृष्णा थापा बस्नेत चयन भएका छन् । समिति सदस्यहरुमा कृष्ण खनाल, अभि थापा, कमला गैरे, धुर्व पौडेल, नारायण थापा, कपिल अधिकारी, मिन प्रसाद देवकोटा, राज तिवारी रहेका छन् ।
     
    त्यस्तै संघको सल्लाहकारहरुमा चिरन बराल, शेर बहादुर गौतम, राधारमण अग्रहरी, काशिनाथ पन्थी, धुर्व घिमिरे, रेखा एम.सी रहेका छन् । कार्यक्रमका अध्यक्ष सान्तराम गिरीले लुम्बिनी प्रदेश भित्र विभिन्न स्थानमा छरिएर रहेका अभिनय तथा नाट्य क्षेत्रसँग सम्बन्धित चलचित्र, टेलि चलचित्र, म्यूजिक भिडियो, नाटक अभिनय तथा नाटक लेखन सम्बन्धी विधामा काम गर्दै आएका कलाकारहरुको हकहित एवं पेशा वाव्यवसायलाई मर्यादित र परिस्कृत बनाउँदै लैजाने उदेश्यले संगठन निर्माण गरिएको बताए ।
     
    अभिनयमा संलग्न कलाकारहरुको हक हित र समस्यामा परेका कलाकारहरुको समस्या समाधान गर्ने अभिप्रायले अभिनय तथा नाट्यकर्मी संघ नेपालको लुम्बिनी प्रदेश समिति स्थापना गरिएको भन्दै उनले सबै कलाकारहरु एकजुट हुनुपर्नेमा जोड दिए । त्यस्तै कार्यक्रमा रेखा यम सीले विभिन्न पेशाका संघ संगठनहरु भए पनि अभिनयकर्मीको संघ संगठन नभएकोले पहिलो पटक बुटवल बाट संगठीत गर्न सुरु गरिएको बताए ।
     
    कार्यक्रममा बाबुराम घिमिरे, सेर बहादुर गौतम, राधारमण अग्रहरी, कृष्ण थापा बस्नेत, काशिनाथ पन्थी लागायतले आ आफ्नो भनाई राखेका थिए । चिरन बरालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रम विजय पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij