२०८२, श्रावण २१ गते

Aug 06 2025 | २०८२, श्रावण २१ गते

रुपन्देही क्षेत्र नम्बर १ मा १६ विद्यालयमा विभिन्न योजना विनियोजन

आइतवार , फाल्गुण ८, २०७८

भैरहवा, ८ फागुन ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ मा १६ वटा विद्यालयमा विभिन्न योजना विनियोजन गरिएको छ ।  विनियोजित योजनामा चारकोठे पक्की भवन, दुईकोठे पक्की भवन तथा आइसिटी कार्यक्रम रहेको छ । चारकोठे पक्की भवन निर्माणका लागि ३६ लाख, दुईकोठे भवनका लागि १८ लाख तथा आइसिटी कार्यक्रमका लागि ६ लाख ५० हजार बजेट विनियोजन भएको पूर्वमन्त्री तथा संघीय सांसद छविलाल विश्वकर्माको सचिवालयले जनाएको छ ।

छनौट भएका योजनामध्येदेवदह नगर पालिकामा ज्ञानज्योति मावि  विशालनगरलाई चारकोठे भवन,  जनप्रिय  मावि भलुही, चारकोठे भवन, सिक्टहन मावि, सिक्टहन दुईकोठे भवनका लागि बजेट बिनियोजन भएको छ । त्यसै गरी देवदह मावि शितलनगर, सीता मावि चरङे र शंकर आधारभूत विद्यालय देवदह ११ मा आइसिटी कार्यक्रम परेको छ ।

तिलोत्तमाको शिवपुर मावि शिवपुर, गौतमबुद्ध मावि तिलोत्तमा–९ र मधवलिया मावि तिलोत्तमा–१५ लाई चारकोठे भवन,जनता मावि मोहनाजोत, पशुपति मावि तिलोत्तमा–१६ का लागि आइसिटी कार्यक्रम विनियोजन भएको छ । 

रोहिणी गाउँपालिकामा पशुपति आधारभुत विद्यालय, रोहिणी–६, चारकोठे भवन, नवजीवन आधारभुत विद्यालय, रोहिणी– ५ दुई कोठे भवन तथा वोधवार मावि रोहिणी–६, भविष्य उज्जवल आधारभुत विद्यालय, रोहिणी–४ लाई आइसिटी कार्यक्रम र श्री रामनरेश आदर्श नमुना मावि धकधईका लागि २५ लाख विनियोजन भएको हो ।

जनजागृति मावि ओमसतिया–३, मा चारकोठे भवन, रामजानकी आधारभूत विद्यालय खुन्सा २ कोठे भवनका लागि योजना पारित भएको छ । 

शैक्षिक सुधारका लागि विनियोजन गरिएको योजनाले विद्यालयको विकासमा योगदान पुग्ने देवदह माविका व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ अधिकारीले बताए । विद्यालयको आवश्यकतालाई मध्यनजर गरी योजना अघि सरिएको प्रति आफूहरु कृतज्ञ रहेको अधिकारीको भनाइ छ ।