
शनिवार , फाल्गुण ७, २०७८
भैरहवा, ७ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीले शनिबार भैरहवामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सिद्धार्थनगर नगरपालिका–४ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गेट अगाडी भएको कार्यक्रममा १११ युनिट रगत संकलन भएको राष्ट्रिय युवा संघ सिद्धार्थनगरका अध्यक्ष कृष्ण मल्ल ठकुरीले बताए ।
रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले प्रजातन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा उल्लेखनीय उपस्थिति रहेको संघका नगर उपाध्यक्ष प्रविन आचार्यले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेकपा (एमाले) सिद्धार्थनगर कमिटीका सचिव नारायण प्रसाद भण्डारीले राष्ट्रिय युवा संघ नेपाल सिद्धार्थनगर कमिटीले रचनात्मक कार्य गर्दै आएको बताए । उनले आगामी दिनमा पनि राम्रा कार्यहरुलाई निरन्तरता दिन आग्रह गरे ।
नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेलबाट रक्तदान गरी कार्यक्रमको शुभारम्भ भएको कार्यक्रम संयोजक तथा संघका नगर सचिव रोशन बहादुर थापाले बताए ।
त्यस्तै राष्ट्रिय युवा संघ सिद्धार्थनगरले शनिबार भैरहवामा प्रशिक्षण तथा वनभोज कार्यक्रम समेत गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij