
शनिवार , फाल्गुण ७, २०७८
भैरहवा, ७ फागुन ।
जेसीआई सिद्धार्थ लेडी, नेपालले प्रजातन्त्र दिवसको अवसर पारेर भैरहवामा दीप प्रज्वलन गरेको छ । महिला जेसीज २०२२ को अध्यक्षमा प्रकृति उप्रेती निर्वाचित भएपछिको पहिलो कार्यक्रम अन्तर्गत दीप प्रज्वलन गरिएको हो । सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्लेको प्रमुख आथित्यतामा भैरहवास्थित लुम्बिनी गेटमा दीप प्रज्वलन गरिएको थियो ।
सो अवसरमा बोल्दै उपप्रमुख काफ्लेले जनताको बलिदानीबाट स्थापित प्रजातन्त्रलाई रक्षा गर्नका लागि सबै देशभक्त नागरिक एकजुट हुनुपर्नेमा जोड दिइन् । उनले सिद्धार्थ महिला जेसीजले नेतृत्व र व्यक्तित्व विकासका लागि विगतका वर्षहरुमा भन्दा अझै प्रभावकारी काम गर्न जोड दिइन् ।
वर्ष २०२२ की अध्यक्ष प्रकृति उप्रेतीको सभापतित्वमा भएको कार्यक्रकको संयोजन संगिता आचार्य गरेकी थिइन् भने आस्था पाठ रिता शर्मा गरेकी थिइन् । कार्यक्रमको सञ्चालन मीना ज्ञवालीले गरेकी थिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij