२०८२, आश्विन ७ गते

Sep 23 2025 | २०८२, आश्विन ७ गते

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मर्चवारमा स्वास्थ्य सामग्री वितरण

शुक्रवार , फाल्गुण ६, २०७८

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • भैरहवा, ६ फागुन ।
    हिन्दू स्वयंसेवक संघ, नेपाल एवं सेवा इन्टरनेशनलले रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा स्वास्थ्य सामग्री वितरण गरेको छ । सम्मरीमाई गाउँपालिका–स्थित बथिङ सेन्टरलाई विभिन्न प्रकारका औषधी, २ वटा मेडिकल बेड, १ हजार ५ सय थान मास्क तथा १५० थान फेस शिल्ड प्रदान गरिएको हिन्दू स्वयंसेवक संघ, नेपाल रुपन्देही जिल्ला सेवा प्रमुख तथा कार्यक्रम संयोजक सुरज उपाध्यायले बताए ।

    त्यस्तै बर्थिङ सेन्टरसंगै मर्चवार क्षेत्रका ईलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीमा समेत मास्क वितरण गरिएको उपाध्यायले जानकारी दिए ।

    ‘कोभिड–१९ को संक्रमणबाट बच्न मास्क र फेस शिल्डले सहयोग पुर्याउने भएकाले उक्त सामग्री प्रदान गरिएको छ, बर्थिङ सेन्टरको आवश्यकतालाई मध्यनजर गर्दै मेडिकल बेड, औषधी लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छौं, ’उनले भने ।
    स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य अष्टभुजा पाठक, मर्चवारी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष मुकेश यादव, युवा समाजसेवी गोपाल उपाध्याय, अखिलेश्वर शुक्ला लगायतको उपस्थिति रहेको थियो ।