२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

नृत्य दिवसमा सहभागी हुन लुम्बिनी प्रदेशका कलाकारको टोली काठमाडौंतर्फ

बिहिवार , फाल्गुण ५, २०७८

बुटवल, ५ फागुन ।
राष्ट्रिय नृत्य दिवसमा सहभागी हुन लुम्बिनी प्रदेशका कलाकारको टोली बिहीबार काठमाडौं गएको छ । नृत्य निर्देशक संघ नेपाल र मध्यपुर ठिमी नगरपालिकाको सहकार्यमा शुक्रबार राष्ट्रिय नृत्य दिवस मनाइँदैछ । दिवसका अवसरमा ऐतिहासिक सांस्कृतिक कार्यक्रम गरिने संघले जानकारी दिएको छ ।

नृत्य दिवसमा सहभागिताका लागि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट नृत्य निर्देशकसहित ५३ जना कलाकारको टोली काठमाडौं गएको हो । जसमा २८ जना पुरुष र २५ जना महिला छन् । अर्घाखाँचीबाट ६ जना, कपिलवस्तुबाट ७ जना, बुटवल नगर कमिटीबाट ८ जना, रुपन्देही जिल्ला शाखाबाट १० जना, दाङबाट ७ जना, पाल्पाबाट १० जना र बर्दियाबाट दुईजना कलाकार दिवसमा सहभागी हुन काठमाडौं गएका हुन् ।

त्यस्तै पर्यवेक्षकको  रुपमा संघका प्रदेश सल्लाहकार चिरन बराल र रुपन्देही शाखाकी प्रेस सल्लाहकार मनु गुरुङले सहभागिता जनाउने भएका छन् । नृत्य निर्देशक संघ लुम्बिनी प्रदेश अध्यक्ष लोकेन्द्र श्रेष्ठले शुक्रबार आयोजित नृत्य दिवसका अवसरमा सांस्कृतिक कार्यक्रम गर्न लागिएको बताए ।