२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

राष्ट्रिय युवा संघ सिद्धार्थनगरले भैरहवामा रक्तदान कार्यक्रम गर्दै

मंगलवार , फाल्गुण ३, २०७८

भैरहवा, ३ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगर नगर कमिटी रुपन्देहीले भैरहवामा वृहत रक्तदान कार्यक्रम गर्ने भएको छ ।

प्रजातन्त्र दिवसको अवसर पारेर यही फागुन ७ गते शनिबार कार्यक्रम हुने युवा संघ सिद्धार्थनगरका अध्यक्ष कृष्ण मल्ल ठकुरीले बताए ।

फागुन ७ गते शनिबार सिद्धार्थनगर नगरपालिका–४ स्थित एयरपोर्ट गेट अगाडी बिहान ८ बजेदेखि कार्यक्रम सुरु हुने संघका नगर सचिव रोशन बहादुर थापाले जानकारी दिए । संघले सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको उनले बताए ।

273913425_5003790402975430_9217680111401381755_n.jpg