२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मंगलवार , फाल्गुण ३, २०७८

बुटवल, ३ फागुन ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलनपार्कमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीन जना चढेको लु  ६०प ३६५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पर्खालमा ठोक्किँदा रुपन्देहीको गैडहवा गाउँपालिका–९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही स्थानका २० वर्षीय राहुल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । उनीहरू दुवै मोटरसाइकलको पछाडि बसेका थिए ।

दुवै जनाको उपचारका क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल चालक रुपन्देहीकै २१ वर्षीय विमल रानाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । रासस