
मंगलवार , फाल्गुण ३, २०७८
भैरहवा, ३ फागुन ।
रुपन्देही प्रहरीले २ लाख १४ हजार ५ सय रुपैयाँ बराबरको अवैध ब्रोइलर कुखुरा बरामद गरेको छ । अवैध कुखुराको मासुविरुद्धको कारवाहीअन्तर्गत कुखुरा बरामद गरी मोटरसाइकल र २ जनालाई कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय बेलहिया बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले बताए ।
ईलाका प्रहरी कार्यालय धकधईबाट खटिएको टोलीले आइतबार बिहान साढे ५ बजे रोहिणी गाउँपालिका–४ कोटहवाबाट कुखुरा बरामद गरेको हो । भारतबाट नेपालतर्फ लु ६ प १८७८ नम्बरको मोटसाइकलमा रोहिणी–.७ बस्ने २२ वर्षिय अनिल हरिजनले अवैध रुपमा ल्याउँदै गरेको ९५ हजार बराबरको ४८ पिस जिउदो बोईलर कुखुरा बरामद गरिएको डीएसपी पौडेलले बताए ।
त्यस्तै सोमबार कोटहवाबाट रोहिणी–४ सेमरहवा बस्ने २४ वर्षिय अनवर अलीले लु २६ प १५६० नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको १ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ७० पिस कुखुरा बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यसै गरी प्रहरी चौकी मेउडिहवा रुपन्देहीबाट खटिएको टोलीले आइतबार सिद्धार्थनगर–२ मेउडिहवाबाट १७ हजार बराबरको ३० केजी कुखुरा बरामद गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij