२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

विद्यालयलाई ६ थान वाइट बोर्ड हस्तान्तरण

सोमवार , फाल्गुण २, २०७८

भैरहवा, २ फागुन । 
लायन्स क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगर र लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले सामूदायिक विद्यालयलाई ६ थान वाइट बोर्ड हस्तान्तरण गरेको छ । दुवै क्लबले आइतबार संयुक्त रुपमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ स्थित श्री खजहना आधारभूत विद्यालयलाई वाइट बोर्ड प्रदान प्रदान गरेका हुन् ।

विद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै वाइट बोर्ड प्रदान गरिएको लायन्स क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरका संस्थापक अध्यक्ष शार्दुल मयूर कसौधनले बताए ।

यसअघि पनि विद्यालयमा शैक्षिक सामग्री वितरण गरिसकिएको लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथ वर्ष २०२१/२२ की अध्यक्ष तनु शर्मा कसौधनले बताइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक डेपुटी चिफ महेशचन्द थापाले लायन्स प्रोग्रेसिभ सिद्धार्थनगर र लायन्स सिद्धार्थनगर लेडी युथले विद्यालयलाई निरन्तर सहयोग गर्दै आएको बताए ।

कार्यक्रममा सिद्धार्थनगर–३ का वडाअध्यक्ष थानेश्वर पौडेल, डिष्ट्रिक डेपुटी चिफ विजय पाण्डे, लियो डिष्ट्रिक भाइस प्रेसिडेण्ट एम.डी. न्यौपाने, पाष्ट डिष्ट्रिक प्रेसिडेण्ट सरोज कंडेल, अनरी डिष्ट्रिक एडभाइजर सरोज महतो, विद्यालयका प्रधानाध्यापक सुरेन्द्र मिश्रा लगायतले बोलेका थिए ।

प्रतिष्ठा चालिसे र मिलन क्षेत्रीको संयोजकत्व, नीपा क्षेत्रीको ध्वजा अभिवादन तथा तृप्ती वर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।