२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

मोटरसाईकल र स्कुटी ठोक्किदा एक जनाको मृत्यु

आइतवार , फाल्गुण १, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • बुटबल। सवारी दुर्घटनामा परि कपिलवस्तुमा एक जनाको मृत्यु भएको छ।

    जिल्लाको बाणगंगा नगरपालिका वडा नं ३ बबनीमा सवारी दुर्घटनामा परि बाणगंगा ८ का नमु पौडेलको मृत्यु भएको हो।

    दुर्घटनामा ३ जना घाइते भएका छन्। पौडेलको उपचारका क्रममा मृत्यु भएको हो।

    प्रदेश नं २–०३–०२१ प ९६०२ नम्बरको स्कुटर र लु ३२ प ४७८० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा दुर्घटना भएको इलाका प्रहरी कार्यलय पिपराले जनाएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।