२०८३, आश्विन १० गते

Sep 26 2026 | २०८३, आश्विन १० गते

प्रधानन्यायाधीश राणाविरुद्ध सत्तारुढ दलका सांसदद्वारा महाभियोग प्रस्ताव दर्ता

आइतवार , फाल्गुण १, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • काठमाडौंः सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ। 

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलका ९८ जना सत्तारुढ दलका सांसदहरूले हस्ताक्षर गरेर संसद् सचिवालयमा राणाविरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेका हुन्। 

    महाभियोग प्रस्तावमा प्रधानन्यायाधीशले न्यायपालिकाको मर्यादामा आँच र्पुयाएको, व्यक्तिगत स्वार्थमा लागेको जस्ता आरोप लगाइएको छ।

    नेपाली कांग्रेस सचेतक पुष्प भुसाल र नेकपा एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेको महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहितथ ९८ जना सांसदले हस्ताक्षर गरेका छन्।

    माओवादीका सचेतक देव गुरुङले संविधानअनुसार संसद्को एकचौथाईले महाअभियोग दर्ता गर्न मिल्ने र हाल सोभन्दा बढी संख्याका सांसदहरूले महाभियोग दर्ता गराएका बताएका छन्। 

    आजैबाट नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश राणाविरुद्ध आन्दोलन पनि पुनः थालेको छ।