
शनिवार , माघ २९, २०७८
भैरहवा, २९ माघ ।
बुद्ध शान्ति टोल सुधार समिति सिद्धार्थनगर वडा नम्बर ३ को प्रथम साधारणसभा शनिबार सम्पन्न भएको छ । समितिका अध्यक्ष गिरिजापति मिश्राको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष तिलकसिंह रानाले आर्थिक प्रतिवेदन तथा सचिव सीता शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभाको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले नगरमै राम्रो काम गरेको टोल सुधार समिति भएको बताए ।
नगर उपप्रमुख उमा काफ्लेले वैधानिक रुपले २०७६ सालमा गठन भइ सुचीकृत भएको टोल सुधार समिति नगरको पहिलो भएको बताइन् । कार्यक्रममा वडा नम्बर ३ का वडाअध्यक्ष थानेश्वर पौडेलले वडा तथा टोलका योजना अगाडी सारेर अघि बढ्न आग्रह गरे । उनले समितिले सिफारिस गरेका योजनाहरु नगरमा लगिने पनि बताए ।
साधारणसभामा वडा नम्बर ३ का वडा सदस्य तथा दरखसवा सामुदायिक महिला समुहका अध्यक्ष रुपमाया पुनले महिलाहरुको अग्रसरताले विकासमा टेवा पुग्ने बताइन् ।
टोल सुधार समितिका उपाध्यक्ष ढक बहादुर सारुको स्वागत मन्तव्य तथा सचिव सीता शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij