२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

अनेरास्ववियुद्वारा खेलकुद सामग्री वितरण

बिहिवार , माघ २७, २०७८

  • 5.5K
    Shares
  • 5.5K
    Shares
  • भैरहवा, २७ माघ ।

    अनेरास्ववियु रुपन्देही शुद्धोधन गाउँ कमिटी एवं यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस कमिटीको संयुक्त पहलमा खेलाडीहरुलाई विभिन्न खेलकुद सामग्री वितरण गरिएको छ । बिहीबार क्याम्पस प्रांगणमा एक कार्यक्रमकाबीच विभिन्न खेलकुद समूह र क्लबका प्रतिनिधिलाई सामग्री वितरण गरिएको हो ।

    शुद्धोधन गाउँपालिकाअन्तर्गतका ९ वटा समूहलाई फुटबल, भलिबल, क्रिकेट, टेनिस लगायतका सामग्री वितरण गरिएको हो । कार्यक्रम क्याम्पस कमिटी अध्यक्ष समुन्द्र बगालेको अध्यक्षता, अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य साजन भण्डारीको प्रमुख आतिथ्यता, जनप्रतिनिधि पुण्य गौतमको विशेष आतिथ्यतामा, अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य मनोज भण्डारीको स्वागत तथा शुद्धोधन गाउँ कमिटी अध्यक्ष खेम काफ्लेको सञ्चालनमा सम्पन्न भएको थियो ।

    कार्यक्रममा विद्यार्थी नेता रमेश ढकाल, शम्भु चौधरीले भनाइ राखेका थिए ।