२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

तेक्वान्दो खेल सामग्री प्रदान

बिहिवार , माघ २७, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  •  भैरहवा, २७ माघ । 
    सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ स्थित राईजिङ स्टार तेक्वान्दो डोजाङलाई तेक्वान्दो सामग्री हस्तान्तरण गरिएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ को सहयोगमा खरिद गरिएका सामग्री डोजाङलाई प्रदान गरिएको हो । 

    कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रम प्रमुख अतिथि नेपाल तेक्वान्दो संघ केन्द्रिय सदस्य कोशिष बहादुर खड्काले सामग्रीहरुको भरपुर उपयोग गर्दै आफ्नो खेललाई उच्च स्थानमा पुर्याउन खेलाडीहरुलाइ आग्रह गरे ।  

    डोजाङका मास्टर राम प्रसाद कहारको सभापतित्वमा सम्पन्न कार्यक्रममा रुपन्देही जिल्ला तेक्वान्दो संघका अध्यक्ष दीपेन्द्र बुढापृति, सिद्धार्थ आधारभूत विद्यलयका अध्यक्ष गोविन्द बस्याल, सामाजिक विकास सेवा समूहका अध्यक्ष हरिराज बिष्ट लागायतले बोल्दै राईजिङ स्टार तेक्वान्दो क्लबका खेलाडीहरुका लागि खेल सामाग्री उपलब्ध गराइ सहयोग गर्ने बताए ।

    सि.न.पा.–१२का वडा अध्यक्ष करुञ्जन श्रेष्ठलाई धन्यवाद दिदै खेलाडीहरुको उज्जवल भविष्यको कामना गरेका थिए ।